प्रधानमन्त्री प्रचण्डद्वारा ओलम्पिक रंगशालाको अवलोकन « Khabarhub

प्रधानमन्त्री प्रचण्डद्वारा ओलम्पिक रंगशालाको अवलोकन


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गरेका छन् ।

इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रंगशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले उक्त रंगशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राखेका थिए ।

सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालनका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए ।

उनले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहाललाई रङ्गशालाका अधिकारीहरूले सम्पूर्ण जानकारी गराएका थिए ।

उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रंगशालामा विशेषगरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरू हुने अधिकारीहरूले जानकारी दिएका थिए । 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ६ : ०३ बजे

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि ४१ लाख

भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेना, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए

चितवन– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न