कर्मचारीको हाजिरीमा नगरपालिकाको रातो मसी | Khabarhub Khabarhub

कर्मचारीको हाजिरीमा नगरपालिकाको रातो मसी


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बिनाजानकारी कार्यालयमा अनुपस्थित हुने र कार्यालय छाड्ने चार जना कर्मचारीको हाजिरी पुस्तिकामा रातो मसी लगाइदिएको छ । बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँडेको भन्दै नगरपालिकाका आलेप अधिकृत मोहन भट्टराई र अधिकृत छैटौँ रामप्रसाद आचार्यको चार–चार दिन, लेखापाल नवराज रिजालको एक दिन र अमिन सुमनकुमार देवको सात दिनको हाजिरी पुस्तिकामा नगरपालिकाले रातो मसी लगाइदिएको हो ।

नगरप्रमुख तीर्थराज भट्टराईले आज बिहान १०ः४५ बजे गरेको छड्के अनुगमनका क्रममा बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको पहिचान गरेर हाजिरीमा रातो मसी लगाइएको जनाइएको छ । नगरप्रमुख भट्टराईको निर्देशनमा प्रशासन शाखा सहायक जानुका श्रेष्ठले हाजिरी फाइल चेक गर्दै चार जना कर्मचारीको हाजिरीमा रातो मसी लगाए दिईन।

नियमन गर्दै नियमित ढङ्गबाट सेवा प्रवाहका लागि बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको हाजिरीमा रातो मसी लगाइएको नगरप्रमुख भट्टराईले जानकारी दिए । कतिपय कर्मचारी बेलामा कार्यालय नआउने, कार्यालय आएका कतिपय कर्मचारी पनि कार्यालय समयमा नभेटिनेलगायतका गुनासो सेवाग्राहीबाट आएपछि नगरप्रमुख भट्टराईले छड्के अनुगमन गरेका हुन् ।

नगरप्रमुख भट्टराईले समयमै कार्यालय आउन र पोशाक अनिवार्य लगाउन निर्देशन दिनुहुँदै प्रक्रिया पुर्याएर बिदामा बस्न र कार्यालय बाहिर ननिस्कन कर्मचारीलाई सुझाव दिएका छन् । नगरप्रमुख भट्टराईको कारबाहीमा परेका कतिपय कर्मचारी कार्यालयको कामभन्दा बढी राजनीतिक क्रियाकलापमा सक्रिय रहने गरेको बताइन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ८ : २९ बजे

ज्ञानको तिर्खा घट्यो (फोटो फिचर)

प्रज्ञा– चेतनाको नेतृत्व लिएका दुई बौद्धिक निकाय नेपाल प्रज्ञा प्रतिष्ठान

भिमादका महिलाहरू आयआर्जनतर्फ अग्रसर 

दमौली– तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरू आयआर्जनतर्फ अग्रसर भएका छन्

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दो

गलकोट– यहाँका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् ।

सुनिनै छाडे मौलिक भाका

ढोरपाटन – बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा