कर्मचारीको हाजिरीमा नगरपालिकाको रातो मसी « Khabarhub

कर्मचारीको हाजिरीमा नगरपालिकाको रातो मसी


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बिनाजानकारी कार्यालयमा अनुपस्थित हुने र कार्यालय छाड्ने चार जना कर्मचारीको हाजिरी पुस्तिकामा रातो मसी लगाइदिएको छ । बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँडेको भन्दै नगरपालिकाका आलेप अधिकृत मोहन भट्टराई र अधिकृत छैटौँ रामप्रसाद आचार्यको चार–चार दिन, लेखापाल नवराज रिजालको एक दिन र अमिन सुमनकुमार देवको सात दिनको हाजिरी पुस्तिकामा नगरपालिकाले रातो मसी लगाइदिएको हो ।

नगरप्रमुख तीर्थराज भट्टराईले आज बिहान १०ः४५ बजे गरेको छड्के अनुगमनका क्रममा बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको पहिचान गरेर हाजिरीमा रातो मसी लगाइएको जनाइएको छ । नगरप्रमुख भट्टराईको निर्देशनमा प्रशासन शाखा सहायक जानुका श्रेष्ठले हाजिरी फाइल चेक गर्दै चार जना कर्मचारीको हाजिरीमा रातो मसी लगाए दिईन।

नियमन गर्दै नियमित ढङ्गबाट सेवा प्रवाहका लागि बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको हाजिरीमा रातो मसी लगाइएको नगरप्रमुख भट्टराईले जानकारी दिए । कतिपय कर्मचारी बेलामा कार्यालय नआउने, कार्यालय आएका कतिपय कर्मचारी पनि कार्यालय समयमा नभेटिनेलगायतका गुनासो सेवाग्राहीबाट आएपछि नगरप्रमुख भट्टराईले छड्के अनुगमन गरेका हुन् ।

नगरप्रमुख भट्टराईले समयमै कार्यालय आउन र पोशाक अनिवार्य लगाउन निर्देशन दिनुहुँदै प्रक्रिया पुर्याएर बिदामा बस्न र कार्यालय बाहिर ननिस्कन कर्मचारीलाई सुझाव दिएका छन् । नगरप्रमुख भट्टराईको कारबाहीमा परेका कतिपय कर्मचारी कार्यालयको कामभन्दा बढी राजनीतिक क्रियाकलापमा सक्रिय रहने गरेको बताइन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ८ : २९ बजे

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच

अध्यापक अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

काठमाडौं- लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

बग्दाद– इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो