हुम्लाको स्याडामा विद्युत् सेवा अवरुद्ध « Khabarhub

हुम्लाको स्याडामा विद्युत् सेवा अवरुद्ध


११ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हुम्ला – लगातारको वर्षाका कारण गएको पहिरोले गाडघट्ट लघुजलविद्युत्‌को मुहान बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । सिमकोट गाउँपालिका–८ स्याडामा रहेको गाडघट्ट लघुजलविद्युत्‌‌को मुहान र नहरमा लगातारको वर्षाका कारण गएको बाढीपहिरोले क्षति पुर्‍याएपछि स्याडामा विद्युत् सेवा अवरुद्ध भएको हो ।

गत वर्ष पनि पावर हाउसको भवन सोही खोलाले बगाउँदा लामो समय विद्युत् अवरुद्ध भएको थियो । त्यसपछि सञ्चालन भएको विद्युत् ३ महिना हुन नपाँउदै पुनः अवरुद्ध भएको छ ।

गाडघट्ट खोलामा बाढी आउँदा मुहानसँगै नहरमा क्षति भएकाले स्याडाका २ सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएको बताइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ८ : ५३ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र