कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा वीरेन्द्र अस्पतालको निरीक्षण « Khabarhub

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा वीरेन्द्र अस्पतालको निरीक्षण


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले छाउनीस्थित वीरेन्द्र अस्पतालको आज निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा उनलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्दै नेपाली सेनाको स्वास्थ्य सेवा तथा कल्याणकारी गतिविधिबारे संक्षिप्त जानकारी गराएका थिए । कार्यवाहक प्रधानमन्त्री खड्काले वीरेन्द्र अस्पतालको ओपिडी भवन, आकस्मिक कक्ष, ट्रमा हल तथा अस्पतालका विभिन्न ओपिडी कक्षहरूका साथै भविष्यमा निर्माण गर्ने योजनामा रहेको मास क्याजल्टी ट्रिटमेन्ट सेन्टर क्षेत्रको अवलोकन गरे ।

त्यस अवसरमा अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा भरतबहादुर भण्डारीले अस्पतालको विविध गतिविधिबारे प्रस्तुतीकरणमार्फत जानकारी गराए । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले वीरेन्द्र अस्पताल र नेपाली सेनाको समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान नीतिगतलगायतका सबै समस्या समाधानका लागि आवश्यक पहल थाल्न निर्देशन दिए ।

सो क्रममा नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्का, सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथी डा अरुण शर्मा, रथीवृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत अस्पतालका विभिन्न विभागका प्रमुखको उपस्थिति रहेको नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ९ : ५० बजे

बाजुरामा भूकम्पको धक्का

काठमाडौं- बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार साँझ ६

उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

काठमाडौं– सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। सोमबार

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं – स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने

हितेन्द्रदेवलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले ऊर्जामन्त्री कुलमान घिसिङद्वारा बर्खास्त गरिएका हितेन्द्रदेव शाक्यलाई

तीन सन्तान एकैपटक अधिकृत भएपछि बाबुको खुसी, ‘भारी बोकेको पीडा बिर्सिएँ’

काठमाडौं- दुई छोरा र बुहारी तीनै जना एकैपटक नेपाल सरकारको