कर्णाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक « Khabarhub

कर्णाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक गरिएको छ । प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित ‘कर्णालीको प्राङ्गारिक कृषि वर्तमान अवस्था भावी कार्यदिशा’ सरोकारवालाहरूसँगको अन्तक्र्रियामा मुख्यमन्त्री राजकुमार शर्माले सो लोगो सार्वजनिक गरेका हुन्।

उनले वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत इन्द्रपुरका कृषक तुलसीप्रसाद गौतम र वडा नं ११ का नन्दाकुमारी पोखरेललाई पहिर्याएर प्रदेश सरकारको लोगो सार्वजनिक गरे । उक्त कार्यक्रममा मुख्यमन्त्री शर्माले प्रदेश सरकारको अग्र्यानिक अभियानलाई घोषणाको तहमा लैजान सहयोग पुर्याउने कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए।

“हामी कृषि तथा वन पैदावरमा आधारित उद्योग सञ्चालन गर्छौँ”, उनले भने, “बजारीकरण र मूल्य श्रृङ्खलामा किसानलाई जोडेर लैजान्छौँ । रैथाने बालीको प्रवर्द्धन र ढिकी, घट्ट, ओखलजस्ता परम्परागत उद्योगका विषयमा पनि एउटा सोच निर्माण गर्छौँ ।” मुख्यमन्त्री शर्माले कृषि मन्त्रालयबाट पहिलोपटक प्रकाशन गरिएको ‘कृषि तथा पशुपक्षी डायरी २०८०’ को समेत विमोचन गरेका थिए ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले पौष्टिक आहारयुक्त रैथाने अन्न कर्णालीमा पाइने तर कुपोषित, पुट्का, ख्याउटे बालबालिका पनि कर्णाली रहेको भन्ने अन्तरविरोधी भ्रम चिरेर अगाडि बढ्न आवश्यक रहेको बताए । माटो परीक्षण, सिँचाइ, कृषि र पशुपालन गर्न सकिएमात्र सरकारले थालेको प्राङ्गरिक प्रदेश निर्माणको अभिायनले सार्थकता पाउने उनको भनाइ थियो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले उत्पादनका हिसाबले कर्णाली कमजोर नरहेको तथा समृद्धितर्फ अग्रसर हुनुपर्ने आवश्यकता रहेको प्रतिक्रिया दिए । उत्पादनका दृष्टिकोणले सबैभन्दा बढी काठमाडौँ परनिर्भर रहेको उनको जिकिर थियो । मन्त्री जिसीका अनुसार बाँझो जमिन उपयोगको नीतिलाई कार्यान्वयनमा ल्याउन सरकार लागिपरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १० : १८ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन