बिट्रिस संग्रहालयबाट बहुमूल्य समान हराएपछि निर्देशकले दिए राजीनामा « Khabarhub

बिट्रिस संग्रहालयबाट बहुमूल्य समान हराएपछि निर्देशकले दिए राजीनामा


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

लन्डन– लन्डनको प्रमुख पर्यटकीय आकर्षण मध्येको एक, ब्रिटिश संग्रहालयका निर्देशकले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

अघिल्लो शनिबार चोरी भएका २ हजार कलाकृतिहरू मध्ये केही बरामद भएको अवस्थामा उनले राजीनामा दिएका हुन् । सो ब्रिटिस म्युजियममा हजारौँ बहुमूल्य कलाकृतिहरू राखिएका थिए । जसमध्ये केही चोरी भएपछि नैतिकताको आधारमा उनले राजीनामा दिएका हुन् ।

हार्टविग फिशरले आफ्नो राजीनामाको घोषणा गर्दै उनले भने, ‘सो घटनामा अन्ततः म दोषी छु, नेतृत्वको हिसाबले यसको दोषी भागिदारी हुन चाहन्छु ।’

संग्रहालयको बोर्ड अफ ट्रस्टीका अध्यक्ष जर्ज ओसबोर्नले शनिबार सञ्चारमाध्यमलाई भने, ‘हामीले चोरी भएका केही सामानहरू बरामद गर्न थालिसकेका छौँ,  हामी विश्वास गर्छौँ कि हामी धेरै लामो समयदेखि पाइरेसीको शिकार भएका छौँ र स्पष्ट रूपमा तिनीहरूलाई रोक्न धेरै गर्न सकिन्छ ।’

फिशरको राजीनामा एक हप्ता भन्दा पछि आएको छ । जसमा संग्रहालयका एक कर्मचारीलाई संग्रहालयको भण्डारण कोठाबाट धेरै खजानाहरू चोरी भए पछि कानुनी कारबाहीमा निलम्बन गरिएको थियो।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ७ : ४३ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु