बिट्रिस संग्रहालयबाट बहुमूल्य समान हराएपछि निर्देशकले दिए राजीनामा « Khabarhub

बिट्रिस संग्रहालयबाट बहुमूल्य समान हराएपछि निर्देशकले दिए राजीनामा


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

लन्डन– लन्डनको प्रमुख पर्यटकीय आकर्षण मध्येको एक, ब्रिटिश संग्रहालयका निर्देशकले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

अघिल्लो शनिबार चोरी भएका २ हजार कलाकृतिहरू मध्ये केही बरामद भएको अवस्थामा उनले राजीनामा दिएका हुन् । सो ब्रिटिस म्युजियममा हजारौँ बहुमूल्य कलाकृतिहरू राखिएका थिए । जसमध्ये केही चोरी भएपछि नैतिकताको आधारमा उनले राजीनामा दिएका हुन् ।

हार्टविग फिशरले आफ्नो राजीनामाको घोषणा गर्दै उनले भने, ‘सो घटनामा अन्ततः म दोषी छु, नेतृत्वको हिसाबले यसको दोषी भागिदारी हुन चाहन्छु ।’

संग्रहालयको बोर्ड अफ ट्रस्टीका अध्यक्ष जर्ज ओसबोर्नले शनिबार सञ्चारमाध्यमलाई भने, ‘हामीले चोरी भएका केही सामानहरू बरामद गर्न थालिसकेका छौँ,  हामी विश्वास गर्छौँ कि हामी धेरै लामो समयदेखि पाइरेसीको शिकार भएका छौँ र स्पष्ट रूपमा तिनीहरूलाई रोक्न धेरै गर्न सकिन्छ ।’

फिशरको राजीनामा एक हप्ता भन्दा पछि आएको छ । जसमा संग्रहालयका एक कर्मचारीलाई संग्रहालयको भण्डारण कोठाबाट धेरै खजानाहरू चोरी भए पछि कानुनी कारबाहीमा निलम्बन गरिएको थियो।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ७ : ४३ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन