क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज | Khabarhub Khabarhub

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पेसी तोकिएको छ । पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो ।

यसअघि साउन ३२ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित भनिएकी किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।

पीडित किशोरीकी आमाको जन्ममिति फरक फरक (२०३५ र २०३३) रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ७ : ५५ बजे

काठमाडौंमा चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ– आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरूको काठमाडौंमा प्रदर्शन गरेका छन्

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं– काठमाडौं र नवलपरासी पूर्वबाट १३ जना जुवातास खेलिरहेको अवस्थामा

रीत-२ को घोषणा

काठमाडौं– फाल्गुनन्द लिङ्देन फिल्म्स्को व्यानरले फिल्म ‘रीत’ को सिक्वेल ‘रीत

अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन मिति गठन

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई

अब शिक्षकले विद्यार्थीलाई सिर्जनशील बनाउनुपर्छ

संविधान सभाबाट संविधान जारी भएको आठ वर्षपछि जसोतसो संघीय शिक्षा