चीनकै कारण छिमेकमा अशान्ति « Khabarhub

चीनकै कारण छिमेकमा अशान्ति


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

संसारमा सबै भन्दा धेरै देशसँग सीमा जोडिएको देश चीन हो। थप महत्त्वपूर्ण विषय भनेको चीनका सीमामा रहेका देशमा जस्तो अन्य देशको सीमामा विविधता छैन। राजनीतिक, आर्थिक र सांस्कृतिक रूपले भिन्न परिवेशका देशसँग चीनको सीमा जोडिएको छ। प्राय देशमा जन घनत्व बढी छ। चीनको सीमामा रहेको उत्तर कोरिया अनुदार शासन व्यवस्था भएको देशको रूपमा चिनिएको छ। म्यानमार सधैँ जसो राजनीतिक तनाव भएको देशहरूको रूपमा परिचित छ। भारत लोकतान्त्रिक देशको पर्याय मानिन्छ।

जापान आर्थिक रूपले सम्पन्न देशको रूपमा रहेको छ भने ताइवान प्रविधिमा अग्रणी मानिन्छ। संयोग नै मान्नुपर्छ यी कुनै पनि देशमा चीनको सम्बन्ध सुमधुर छैन। पछिल्लो समय चीनको ताइवान माथिको अतिक्रमण बढ्दो छ। केही दिन अघि ताइवानी रक्षा मन्त्रालयले आफ्नो देशको सीमा वरपर चीनले गतिविधि बढाएको जनाएको छ। चीनले आफ्नो भूभाग दाबी गर्ने गरेको ताइवानमा पछिल्लो तीन वर्षदेखि बेइजिङले सैन्य दबाब दिएको छ।

पछिल्ला दिन यता ताइवानको विषयलाई लिएर अमेरिका र चीन बिचको तनाव पनि बढेको छ। चीन र भारत बिचको तनाव पनि त्यत्तिकै छ। दक्षिण अफ्रिकामा जारी ब्रिक्स सम्मेलनमा भारतीय र प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिन फिको बिचमा सीमा तनावलाई कम गर्ने विषयमा वार्ता पनि भएको छ।

यी दुई देश बीचको सीमा विवाद तीन वर्ष अगाडि कै हो। पहाडी क्षेत्रमा रहेको लाइन अफ एक्चुएल कन्ट्रोल (एलएसी) नाम रहेको तीन हजार चार सय ४० किलोमिटर लामो सीमा रेखामा यी दुई देशबीच तनाव सिर्जना भएको हो। पछिल्लो समय केही शान्तिको वातावरण तयार हुनसक्छ परन्तु कुनै चीनले पाकिस्तानलाई लगाउन छिमेकीलाई भारतविरुद्धमा प्रयोग गर्ने नीतिले पूर्ण शान्तिको अपेक्षा भने कमै छ।

सन् २०२० मा एलएसीको यो तनाव चार दशककै सबै भन्दा खराब अवस्थामा पुगेको थियो। जुन १५, २०२० मा यी दुई देश बीचको सीमा विवाद पहिलो पटक बाहिर आएको थियो। गलवाल नदी उपत्यकामा कम्तीमा २० भारतीय सेना तथा चार चिनियाँ सेना मारिएका थिए।

९ डिसेम्बर २०२२ मा ताइवानसँग जोडिएको अरुणाञ्चल प्रदेशको सीमाबाट तीन सय भन्दा बढी चिनियाँ सेना भारतमा प्रवेश गर्ने तयारी गरेपछि यसले अर्को तनाव बढाएको थियो। लद्याखको सीमामा भारत र चीन दुवैले भौतिक संरचना तयार गर्दै आफूलाई केन्द्रित गरेपछि जुनसुकै समयमा झडप हुन् र यसले दुर्घटना निम्तिन सक्ने कारणले संसार नै त्रसित भएको छ।

संसारका सबै भन्दा धेरै जनसङ्ख्या भएका यी दुई देशको बीचमै युद्ध भए यसले ठुलो दुर्घटना निम्तिन सक्ने आशङ्काले संसारका शीर्ष नेताको पनि त्यहाँ चासो बढेको छ। सबै भन्दा आश्चर्य त के छ भने सीमामा भएको दुई देशबीच तनाव भएमा चिनियाँ उपस्थिति त्यस दुई देश बीचमा सहमति कायम गराउने र शान्तिपूर्ण वातावरण तयार गर्नेमा नभई त्यहाँको वातावरण बिगार्नेमा नै केन्द्रित रहने गरेको छ। लामो समयदेखि भारत र पाकिस्तानको सीमा विवादमा पनि चिनियाँ भूमिका नकारात्मक रहँदै आएको छ।

विवाद समाधानको सहयोग गर्ने नभई पाकिस्तानलाई भारतको विरुद्धमा प्रयोग गर्ने चिनियाँ नीतिले दक्षिण अफ्रिकालाई नै अशान्त बनाएको छ। चीनको यो भूमिकाको कारण दक्षिण एसियाली देश एकजुट हुन सकीरहेका छैनन्।

भारत र चीनको लद्याखमा झडप भएकै वर्ष सन् २०२० मा काश्मीरको सीमामा पनि भारत र पाकिस्तान बिचको तनाव बढेको थियो। त्यसै वर्ष पाकिस्तानले आफ्नो क्षेत्रमा भारतले सम्पूर्ण शक्ति प्रयोग गरेर आतङ्कवाद गतिविधि बढाएको आरोप लगाएको थियो।

काश्मीरमा सन् २०१९ मा भारत र पाकिस्तानको बिचमा तनाव कम हुने सम्भावना देखिएको थियो। तर सन् २०२० मा फेरि विवाद बढ्नुमा चीनको उक्साहट पनि मुख्य कारण भएको जनाइन्छ।

छिमेकी देशमा हस्तक्षेप गर्दै सैन्य गतिविधि बढाउने चिनियाँ नीति ताजकस्तानमा पनि लागु भएको छ। एसिया प्रशान्त क्षेत्रमा चीनका केही निश्चित चासोका विषय छन्। मुख्य चासो बेल्ट रोड इनिसेटिभ (बीआरआई)परियोजना हो।

यो परियोजनामार्फत चीनले एसिया प्रशान्त क्षेत्रमा प्रभाव जमाउन मात्र होइन, त्यहाँको भूभागमा समेत नियन्त्रण जमाउन चाहन्छ। चीनले पछिल्लो समय उइघुर मुसलमान माथि चरम ज्यादती गरेको छ। यस कारण अन्य इस्लाम देशमाथि पनि चीनको बढी चासो रहेको छ।

इस्लाम गतिविधि बढेमा उइघुरलाई सहयोग मिल्ने त होइन भन्ने चिन्ताले चीनले ताजकीस्तान र काजकिस्तानमा पनि चासो राखेको छ। अहिले बढी रहेको अतिवादी सैन्य समूह इस्लामिक इस्टेटको गतिविधि नियन्त्रण गर्न सहयोग गर्ने नाममा चीनले ताजकीस्तानमा सैन्य उपस्थिति बढाएको हो। यसै किसिमको सैन्य उपस्थिति काजकिस्तानको सीमामा पनि छ।

लद्याखमा भारतसँगको तनाव र पाकिस्तान माथिको उक्साहटमा भने चीनको चासो फरक कारणले भएको हो। कासगर–जियाङ जीङ, इस्लामवाद हुँदै अरेबीयन सागरमार्फत आफ्ना उत्पादन पश्चिमा बजारमा लग्ने चिनियाँ लक्ष्य हो। यसले पश्चिमको उत्पादनलाई चिनियाँ उत्पादनले प्रभाव पार्नसक्छ भन्ने आकलनले हिन्द महासागरमा पनि चीन आफ्नो उपस्थिति बलियो चाहन्छ। चीनको यसै चाहना भारतसँगको तनाव बढ्नु मात्र होइन भारतको विरुद्धमा पाकिस्तानलाई बारम्बार भड्काइनुको कारण बनेको छ।

सीमा जोडिएको देशसँगको तनाव मात्र अन्य देशको आन्तरिक मामलामा समेत चिनियाँ हस्तक्षेप बढ्दो छ। साथमा आफू अनुकूल सरकार बनोस् भन्ने चाहनाले चीनले अन्य देशको निर्वाचनमा समेत आफ्नो चासो देखाउने गरेको छ।

यो क्रम सीमा जोडिएका देशमा मात्र होइन धेरै टाढाको देशमा पनि हुने गरेका छन्। क्यानडामा सन् २०१७ मा भएको निर्वाचनमा चीनले केही उम्मेदवारलाई आर्थिक सहयोग नै प्रदान गरेको खुलासा भएको थियो।

राष्ट्रपति सीको कार्यकालमा अन्य देशको आन्तरिक मामलामा बढेको चिनियाँ हस्तक्षेप, विभिन्न देशको सीमामा बढ्दो सैन्य उपस्थिति तथा विभिन्न समयमा भएको झडपमा कारण कुनै पनि दिन ठुलो दुर्घटना हुनसक्ने आशङ्काले संसार त्रसित छ।

आफूलाई अनुकूल स्थानमा पकड राख्दै विश्व बजारमा पकड राख्नकै लागि गरिएको यो चिनियाँ गतिविधि संसारमा नै अशान्त मच्चाउने एउटा कारण बनेको छ। स्रोतः इकोनोमिक पोस्ट, रोयटर्स, बीबीसी, जीरेपोर्ट

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : ०७ बजे

आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री

पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू) 

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा

प्रचण्डको भनाइ स्मरण गर्दै रास्वपा सचेतक परियार भन्छन्- भुइँमा न भाँडोमा हुने छुट छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले रास्वपा

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब