माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला | Khabarhub Khabarhub

माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माण्डु हाइड्रोपावरले आजदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले फेस भ्याल्यु १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आईपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ  ।

त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । बाँकी १२ लाख ५ हजार ३२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि आफ्नो जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत अर्थात ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ १३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ २४ गतेसम्म पनि आवेदन खुला रहनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : २८ बजे

आज २०८२ साल भदौ ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ७ गते शनिबार। भाद्र

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल