धानमा गबारोको समस्या | Khabarhub Khabarhub

धानमा गबारोको समस्या


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

धानखेतीका लागि यो समयमा मौसम प्रतिकूल भइदिँदा लगाइएको बालीमा गबारो रोगको सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले बताइन् ।

धानमा देखिने गबारो कीरा पहेँलो र सेतो हुने गरेको उनले जानकारी दिइन् । यसले धान बालीलाई मात्रै नोक्सान गर्ने भए पनि गुलाबी र धर्के गबारोले अन्य बालीमा समेत असर पार्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘पश्चिम चितवनमा ढिलो रोपाइ भएको हुँदा गबारोको समस्या लिएर किसान नआएको तर पूर्वी चितवनमा अलि पहिला रोपाइँ भएको थियो जहाँ गबारोको प्रकोप बढी देखिएको छ ।’ यो रोग पश्चिम चितवनका खेतमा समेत फैलन सक्ने भएकाले कृषकलाई सजग गराइएको उनको भनाइ छ ।

गबारोको माउले पातको टुप्पोतर्फको तल्लो सतहमा अण्डा पार्ने र अण्डाबाट लार्भा निस्की डाँठमा प्वाल पारेर प्रवेश गर्दछ । यसले गुबो खाँदै तल वा माथि गई धानको बोटलाई असर गर्ने त्रिपाठीको भनाइ छ ।

उनले दिउँसोमा घाम नलाग्ने, घाम लागिहाले पनि बादलसँगै लाग्ने हुँदा धानमा गबारो तथा ढुसी लाग्ने सम्भावना बढी हुने बताइन् ।

उनले धान बालीमा गबारोको प्रकोप सुरु भइसकेको भन्दै यसको व्यवस्थापनका लागि किसानलाई धानखेतमा नियमित निरीक्षण गरी पातको टुप्पोमा भएका गबारोका फुलहरू नष्ट गर्नसमेत अनुरोध गरिन् ।

उनले भनिन्, ‘गबारोको प्रकोप १० प्रतिशतभन्दा बढी भएमा कार्टप हाइड्रोक्लोराइड चार प्रतिशत वा फिप्रोनिल शून्य दशमलव तीन प्रतिशत वा क्लोरान्ट्रानिलिप्रोल शून्य दशमलव चार प्रतिशत जिआर ५०० ग्राम प्रतिकठ्ठाका दरले बालुवामा मिसाएर छर्न सकिन्छ ।’

जिल्लामा २४ हजार दुई सय ४७ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार यस वर्ष ९५ प्रतिशत धान रोपाइँ भएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ९ : १७ बजे

योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : पूर्वराष्ट्रपति यादव

ललितपुर– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नियमित योग

भुल्केका ४६८ घरमा ‘एक घर, एक धारा’

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर ३ भुल्केले ‘एक

मोरङ पुगेर प्रचण्डले लिए ‘भक्का’को स्वाद 

मोरङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोरङ आइपुगेका

सहरी क्षेत्रमा आगलागी नियन्त्रणका लागि ‘ड्राइ राइजर’

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक

करको बक्यौता उठाउन घरघरमा पत्र

चितवन– आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार