याकचौँरीका बाच्छाबाच्छीको संरक्षण प्राथमिकतामा | Khabarhub Khabarhub

याकचौँरीका बाच्छाबाच्छीको संरक्षण प्राथमिकतामा


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिउँ चितुवाको आक्रमण बढ्दै गएपछि याकचौँरीका बाच्छाबाच्छी संरक्षणलाई प्राथमिकता दिइएको छ ।

खर्कमा राखेर पालिएका याकचौँरीका बाच्छाबाच्छीको संरक्षणका लागि अनुदानमा तारबारसहितको गोठ निर्माण गर्न प्रोत्साहन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा नारायण कुसुमले मनाङ याकचौँरीको ‘हब’ भएकाले बाच्छाबाच्छीलाई संरक्षणका लागि अनुदानलाई निरन्तरता दिइएको जानकारी दिए। 

उनका अनुसार हिउँ चितुवाले याकचौँरीका बाच्छाबाच्छीलाई बढी आक्रमण गरी क्षति पुर्‍याउँदै आएकाले संरक्षणका लागि अनुदान दिइएको हो । प्रमुख कुसुमले भने, ‘पशुपालक किसानलाई हुने क्षतिमा राहत पुर्‍याउने उद्देश्यले अनुदानमा तारबारसहितको गोठ निर्माण गरिएको छ, खर्कमा बाच्छाबाच्छी बढी जोखिममा पर्ने हुन्, तर याकचौँरीलाई नै पनि आक्रमण हुने गरेको छ ।’ 

याकचौँरीका बाच्छाबाच्छीको संरक्षण गर्न निकै कठिन हुने र यसबाट हुने क्षतिबाट किसािनलाई राहत दिन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको संयुक्त प्रयासमा वैकल्पिक प्रविधि एवं सहयोग किसानसमक्ष पुर्‍याउने गरिएको उनले बताए ।

पशुपालक किसानलाई यस क्षेत्रमा नै प्रोत्साहन गर्न विविध कार्यक्रम सञ्चालनको निरन्तरता दिन चालु आर्थिक वर्ष २०८०-८१ का लागि बजेट विनियोजन गरिएको उनले बताए। उनका अनुसार कूल रु दुई करोड सात लाख एक हजार बजेट विनियोजन गरिएको छ ।

पूँजीगततर्फ प्रयोगशाला कोठा ‘पार्टिसन’ गर्ने र वाल र्‍याक, कार्यालय तथा आवास क्षेत्रको तारबारसहितको वाल कम्पाउण्डिङ, तालिम हल ‘प्लाङकिङ’ तथा पूरा ‘फर्निसिङ’, प्रयोगशाला एवं डिस्पेन्सरी उपकरण खरिद, ट्राइनाकुलर ओलम्पस क्यामराजडित माइक्रोस्कोप खरिद, फर्निचर खरिद लगायतका शीर्षकमा बजेट विनियोजन गरिएको कुसुमले जानकारी दिए। 

उनका अनुसार प्रयोगशाला कोठा पार्टिसन-वाल  र्‍याकमा रु छ लाख, कार्यालय र आवास क्षेत्रको तारबारसहितको वाल कम्पाउण्डिङमा रु १८ लाख, तालिम हल प्लाङकिङ तथा पूरा फर्निसिङमा आठ लाख, प्रयोगशाला तथा डिस्पेन्सरी उपकरण खरिदमा रु तीन लाख, ट्राइनाकुलर ओलम्पस क्यामराजडित माइक्रोस्कोप खरिदमा रु चार लाख र फर्निचर खरिदमा रु एक लाख बजेट विनियोजन गरिएको छ । 

चालुतर्फ पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रम, पशु स्वास्थ्य कार्यक्रम, पशु आहारा प्रवर्द्धन कार्यक्रम, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रम, पशु आनुवांशिक स्रोत संरक्षण कार्यक्रम र एकीकृत स्वास्थ्य कार्यक्रमलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन भएको कुसुमले जानकारी दिए । 

उनका अनुसार पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रममा रु छ लाख ५० हजार, पशु स्वास्थ्य कार्यक्रममा रु ३६ लाख ४० हजार, पशु आहारा प्रवर्द्धन कार्यक्रममा रु छ लाख, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रममा रु एक लाख पाँच हजार, पशु आनुवांशिक स्रोत संरक्षण कार्यक्रममा रु १५ लाख र एकीकृत स्वास्थ्य कार्यक्रममा रु छ लाख बजेट विनियोजन गरिएको छ । 

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले अनुदान तथा अन्य कार्यक्रममा वास्तविक किसानसमक्ष पुग्नुपर्ने बताए। सङ्घ र प्रदेश सरकारबाट आउने कार्यक्रममा स्थानीय तहमार्फत सञ्चालन गरिएका कार्यक्रमसँग जुध्न सक्ने सम्भाव्यतालाई ख्याल गरी त्यस्ता कार्य दोहोरिन नदिनतर्फ सचेत हुन अध्यक्ष घलेले आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले किसानको व्यावसायिक सुनिश्चितताका लागि कृषि र पशु बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए। पशुपालक किसानलाई अनुदान र विभिन्न तवरबाट हुने क्षतिमा सहयोग पाउन सके यसबाट पेसा फेर्नुपर्ने अवस्थाबाट सुरक्षित गराउन सकिने अपेक्षा गरिएको विज्ञ केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  २ : ०७ बजे

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी