अमेरिकामा गोलीकाण्ड : काला जातिका तीन जनाको मृत्यु « Khabarhub

अमेरिकामा गोलीकाण्ड : काला जातिका तीन जनाको मृत्यु


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

टाम्पा- जातीय घृणाले प्रेरित घटनामा एक जना गोरा जातिका मानिसले अमेरिकाको फ्लोरिडा राज्यस्थित सहुलियत मूल्यमा उपभोग्य सामग्री बेच्ने पसलमा तीन जना काला जातिका मानिसको गोली हानेर हत्या गरेका छन् । प्रहरीसँगको झडपपछि उनले आफ्नो पनि ज्यान लिएको अधिकारीहरूले बताएका छन् ।

“आक्रमणकारीले कालो वर्णका मानिसहरूको समूहलाई निशाना बनाएका थिए । उसको परिवारका सदस्यले फेला पारेको घोषणापत्रमा पनि उनीहरूलाई मार्न उसले गरेको घृणित दृढनिश्चयको विवरण छ,” कानुन कार्यान्वयन कार्यालय ज्याक्सनभिलका प्रमुख टीके वाटर्सले २० वर्षीय आक्रमणकारीबारे जानकारी दिँदै बताए ।

विशेषतः अश्वेतहरू अध्ययन गर्ने राज्यको ऐतिहासिक एडवर्ड वाटर्स विश्वविद्यालय नजिक भएको उक्त घटनामा विश्वविद्यालयका कसैलाई हानी नभएको जनाइएको छ । आक्रमणकारी केही दिनअघि पनि विश्वविद्यालय परिसरमा देखा परेका थिए ।

आक्रमणको अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार आक्रमणकारीको कुनै आपराधिक वा अन्य सङ्गठित संस्थासँग कुनै संलग्नता नरहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । अब केन्द्रीय जाँच ब्युरो (एफबीआई) ले घटनाको विस्तृत अनुसन्धान गर्नेछ । आक्रमाणकारी एक्लैले उक्त घटना गराएको हो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  २ : २९ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको