देशका विभिन्न स्थानबाट लागूऔषधसहित चार जना पक्राउ | Khabarhub Khabarhub

देशका विभिन्न स्थानबाट लागूऔषधसहित चार जना पक्राउ


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

बाराको निजगढ नगरपालिका ११ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ सय ग्रामसहित भारत बिहार मुज्जफरपुर थाना देवरिया कोठी घर भएका सर्लाही बरहथवा नगरपालिका ६ हिरापुर ब्यारेज बस्ने ६५ वर्षीय श्रीकान्त पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै, कैलालीको टिकापुर नगरपालिका १ खडकचोकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ६ सय ७० मिलीग्रामसहित बर्दगोरीया गाउँपालिका १ उत्तरमुडा बस्ने २५ वर्षीय योगेशबहादुर स्वारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले टिकापुरबाट लम्कीतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका १० खयरमारास्थित झोलुङ्गे पुलनजिकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका १० बस्ने २८ वर्षीय सुरेन्द्र राय यादव र ३८ वर्षीय अमरसिंह लोप्चन रहेका छन् । प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  २ : ३४ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको