कांग्रेस सांसद आरजुद्वारा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता « Khabarhub

कांग्रेस सांसद आरजुद्वारा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

संघीय संसद सचिवालयमा आइतबार उनले उम्मेदवारी दर्ता गराएकी हुन् । प्रमुख दहरुले १२ वटा संसदीय समितिमा नेतृत्वको भागबण्डा गरेअनुसार उनले उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा कांग्रेसका वीरबहादुर बलायर र समर्थकमा नेकपा एमालेका सूर्यप्रसाद ढकाल र नेकपा माओवादी केन्द्रकी रुपा चौधरी छन् ।

भागबण्डाअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले केन्द्रले २ वटा संसदीय समितिको नेतृत्व गर्ने सहमति भएको थियो

त्यसैगरी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले समान एउटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।

अहिले भने माओवादीले आफूले पाएको एउटा समितिको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई छाड्न तयार भएको छ । संसदको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका सांसद दीपक सिंहले उम्मेदवारी दिएका छन् ।

दलीय भागबण्डामा माओवादीले पूर्वाधार विकाससँगै कानून, न्याय तथा मानवअधिकार समितिमा नेतृत्व पाएको थियो । तर, राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पाचौँ ठूलो दलको हैसियतमा आफूहले कम्तीमा एउटा संसदीय समितिको नेतृत्व पाउनुपर्ने माग गरेपछि त्यसका लागि माओवादी तयार भएको हो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ३ : १७ बजे

फिल्म स्टारलाई पछि पारे बल्छीले, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ लाखमै सीमित

काठमाडौं – यही माघ १ गतेबाट प्रदर्शनमा आएका तीन फिल्महरुमा

कांग्रेस सभापति थापा सर्लाहीमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही गएका छन्

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा दोस्रो भागको बाघ गणना सकियो

चितवन– चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको