अधिकृत परिवर्तन हुँदैमा कुनै घटनाको अनुसन्धानमा फरक पर्दैन : एसएसपी खत्री « Khabarhub

अधिकृत परिवर्तन हुँदैमा कुनै घटनाको अनुसन्धानमा फरक पर्दैन : एसएसपी खत्री


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले अनुसन्धान अधिकृत परिवर्तन हुँदैमा कुनै पनि घटनाको अनुसन्धानमा फरक नपर्ने बताएका छन् ।

काठमाडौं परिसरमा सरुवा भएर आएपछि आइतबार पत्रकार सम्मेलन गर्दै खत्रीले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रभावित नहुने गरी आफूले काम गर्ने बताए ।

उनले कानूनले दिएको अधिकार प्रयोग गरी प्रकरणमा संलग्न सबैलाई छानबिन र अनुसन्धानको दायरामा ल्याउने जिकिर गरे । व्यवसायिक रुपमा काम गर्ने क्रममा व्यक्ति, पार्टीले आफूलाई कुनै असर नपार्ने उनको भनाइ छ ।

उनले राज्यले प्रहरी संगठनलाई दिएको अधिकार र दायराभित्र रहेको काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ६ : ०१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ