चामेको घट्टे खोलामाथि काठेपुल निर्माण | Khabarhub Khabarhub

चामेको घट्टे खोलामाथि काठेपुल निर्माण


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चामे- हिमाली जिल्ला मनाङको सदरमुकाम चामे आसपासका घट्टे खोलामाथि काठेपुल निर्माण गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा घट्टे खोला बढेर क्षति पुगेको काठेपुल निर्माण गरिएको हो ।

यही भदौ ८ गते दिउँसो एक्कासि घट्टे खोलामा माथिल्लो क्षेत्रबाट बढेर आउँदा काठे पुल पूर्णरूपमा आवतजावत रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई आवतजावतका लागि बाढीले जीर्ण बनाएको काठेपुल मर्मत गरिएको बताइन् । उनका अनुसार घट्टे खोलाको सतह बढेर काठे पुललाई छोएर क्षति पुगेपछि आवतजावत रोकिएको थियो । उनले भनिन्, “पानीको सतह घटेपछि आज काठेपुल निर्माण गरिएको ।”

वर्षा कम भए पनि कुनै स्थानमा पहिरा खसेर रोकिएपछि पानीको सतह बढ्दा ह्वात्तै खोला बढेको थियो । घट्टे खोलामा आएको बाढीका कारण चामे आसपासका दुवै काठेपुल जीर्ण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीले खोलामा पानीको सतह कम हुनासाथ काठेपुल निर्माण गरिएको बताए ।

पुलमा क्षति भएपछि सवारीसाधन तथा सर्वसाधारणको आवतजावत ठप्प भएको थियो । विसं २०७८ असार १ मा पनि यी चामे बजार वरपरका दुई घट्टे खोला एक्कासि बढेपछि चामेका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ७ : १७ बजे

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम