चामेको घट्टे खोलामाथि काठेपुल निर्माण « Khabarhub

चामेको घट्टे खोलामाथि काठेपुल निर्माण


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चामे- हिमाली जिल्ला मनाङको सदरमुकाम चामे आसपासका घट्टे खोलामाथि काठेपुल निर्माण गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा घट्टे खोला बढेर क्षति पुगेको काठेपुल निर्माण गरिएको हो ।

यही भदौ ८ गते दिउँसो एक्कासि घट्टे खोलामा माथिल्लो क्षेत्रबाट बढेर आउँदा काठे पुल पूर्णरूपमा आवतजावत रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई आवतजावतका लागि बाढीले जीर्ण बनाएको काठेपुल मर्मत गरिएको बताइन् । उनका अनुसार घट्टे खोलाको सतह बढेर काठे पुललाई छोएर क्षति पुगेपछि आवतजावत रोकिएको थियो । उनले भनिन्, “पानीको सतह घटेपछि आज काठेपुल निर्माण गरिएको ।”

वर्षा कम भए पनि कुनै स्थानमा पहिरा खसेर रोकिएपछि पानीको सतह बढ्दा ह्वात्तै खोला बढेको थियो । घट्टे खोलामा आएको बाढीका कारण चामे आसपासका दुवै काठेपुल जीर्ण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीले खोलामा पानीको सतह कम हुनासाथ काठेपुल निर्माण गरिएको बताए ।

पुलमा क्षति भएपछि सवारीसाधन तथा सर्वसाधारणको आवतजावत ठप्प भएको थियो । विसं २०७८ असार १ मा पनि यी चामे बजार वरपरका दुई घट्टे खोला एक्कासि बढेपछि चामेका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ७ : १७ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा