हुथी विद्रोहीको आक्रमणमा परी यमनमा १० सैनिकको मृत्यु « Khabarhub

हुथी विद्रोहीको आक्रमणमा परी यमनमा १० सैनिकको मृत्यु


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरान समर्थित हुथी विद्रोहीले आइतबार ‘अकस्मात’ गरेको आक्रमणमा यमनी १० सैनिकको मृत्यु भएको छ । यमनमा सरकार र विद्रोही हुथी समूहबचि भएको युद्धविरामपछि एक वर्षभन्दा बढी समयको सापेक्षिक शान्तिपछि आइतबार ‘आश्चर्यजनकरूपमा आक्रमण’ गरेको सैनिक स्रोतले जनाएको छ ।

दक्षिणी प्रान्त लाहज र अल–बेदाबीचको सीमा क्षेत्रमा हुथी विद्रोहीले गरेको ‘अनपेक्षित आक्रमणमा’ अन्य १२ जना घाइते भएको स्रोतले नाम नबताउने शर्तमा जानकारी दिएको छ ।

करिब २० लाख जनसङ्ख्या रहेको दक्षिणपश्चिमी सहरजाने मुख्य मार्ग बन्द गर्ने उद्देश्यले उक्त आक्रमण गरिएको सरकारी अधिकारीले बताएका छन् ।

इरान समर्थित हुथी विद्रोहीले सन् २०१५ देखि ताएज प्रवेश गर्ने मुख्य सडकहरू अवरुद्ध गर्दै आएका छन् । यमनका युद्धरत पक्षहरूले अप्रिलदेखि युद्धविरामको पालना गर्दै आएका छन्, जसले शत्रुतामा भारी कमी ल्याएको छ, यद्यपि सानो स्तरको लडाइँ जारी छ ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ताएज आक्रमण युद्ध अन्त्य गर्न र शान्ति हासिल गर्नका लागि गरिएका सबै पहल र प्रयासका लागि स्पष्ट चुनौती हो ।”

यो “मानवीय युद्धविरामलाई विस्तार गर्ने प्रयासलाई कमजोर पार्ने प्रयास थियो,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : ३० बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश