हुथी विद्रोहीको आक्रमणमा परी यमनमा १० सैनिकको मृत्यु « Khabarhub

हुथी विद्रोहीको आक्रमणमा परी यमनमा १० सैनिकको मृत्यु


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरान समर्थित हुथी विद्रोहीले आइतबार ‘अकस्मात’ गरेको आक्रमणमा यमनी १० सैनिकको मृत्यु भएको छ । यमनमा सरकार र विद्रोही हुथी समूहबचि भएको युद्धविरामपछि एक वर्षभन्दा बढी समयको सापेक्षिक शान्तिपछि आइतबार ‘आश्चर्यजनकरूपमा आक्रमण’ गरेको सैनिक स्रोतले जनाएको छ ।

दक्षिणी प्रान्त लाहज र अल–बेदाबीचको सीमा क्षेत्रमा हुथी विद्रोहीले गरेको ‘अनपेक्षित आक्रमणमा’ अन्य १२ जना घाइते भएको स्रोतले नाम नबताउने शर्तमा जानकारी दिएको छ ।

करिब २० लाख जनसङ्ख्या रहेको दक्षिणपश्चिमी सहरजाने मुख्य मार्ग बन्द गर्ने उद्देश्यले उक्त आक्रमण गरिएको सरकारी अधिकारीले बताएका छन् ।

इरान समर्थित हुथी विद्रोहीले सन् २०१५ देखि ताएज प्रवेश गर्ने मुख्य सडकहरू अवरुद्ध गर्दै आएका छन् । यमनका युद्धरत पक्षहरूले अप्रिलदेखि युद्धविरामको पालना गर्दै आएका छन्, जसले शत्रुतामा भारी कमी ल्याएको छ, यद्यपि सानो स्तरको लडाइँ जारी छ ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ताएज आक्रमण युद्ध अन्त्य गर्न र शान्ति हासिल गर्नका लागि गरिएका सबै पहल र प्रयासका लागि स्पष्ट चुनौती हो ।”

यो “मानवीय युद्धविरामलाई विस्तार गर्ने प्रयासलाई कमजोर पार्ने प्रयास थियो,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : ३० बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको