सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बरले वृद्धि गर्न भारत र ग्रीस सहमत « Khabarhub

सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बरले वृद्धि गर्न भारत र ग्रीस सहमत


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एथेन्स- भारत र ग्रीसबीच सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बरले वृद्धि गर्ने विषयमा सहमति भएको छ । ग्रीस भ्रमणका क्रममा यसबारे सहमति भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार द्विपक्षीय सम्बन्धलाई रणनीतिक स्तरमा विकास गर्ने विषयमा पनि दुई मुलुक सहमत भएका छन् ।

ग्रीस भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले ग्रीक समकक्षी क्रियाकोस मित्सोताकिससँग छलफल गरेका थिए । छलफलका क्रममा दुबै मुलुकका नेताले द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने विषयमा चर्चा गरेका थिए ।

दुई नेताबीच रक्षा, पारवहन, विज्ञान, प्रविधि, साइबर क्षेत्र, शिक्षा, पर्यटन, संस्कृति, कृषिजस्ता क्षेत्रमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ९ : ०६ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै