सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बरले वृद्धि गर्न भारत र ग्रीस सहमत « Khabarhub

सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बरले वृद्धि गर्न भारत र ग्रीस सहमत


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एथेन्स- भारत र ग्रीसबीच सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बरले वृद्धि गर्ने विषयमा सहमति भएको छ । ग्रीस भ्रमणका क्रममा यसबारे सहमति भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार द्विपक्षीय सम्बन्धलाई रणनीतिक स्तरमा विकास गर्ने विषयमा पनि दुई मुलुक सहमत भएका छन् ।

ग्रीस भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले ग्रीक समकक्षी क्रियाकोस मित्सोताकिससँग छलफल गरेका थिए । छलफलका क्रममा दुबै मुलुकका नेताले द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने विषयमा चर्चा गरेका थिए ।

दुई नेताबीच रक्षा, पारवहन, विज्ञान, प्रविधि, साइबर क्षेत्र, शिक्षा, पर्यटन, संस्कृति, कृषिजस्ता क्षेत्रमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ९ : ०६ बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश