सुशासनबिना आर्थिक समृद्धि सम्भव छैन : गृहमन्त्री श्रेष्ठ « Khabarhub

सुशासनबिना आर्थिक समृद्धि सम्भव छैन : गृहमन्त्री श्रेष्ठ


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियानबाट सरकार कुनै पनि हालतमा पछि नहट्ने बताए ।

नेकपा (माओवादी केन्द्र) पर्साद्वारा आज आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले जस्तोसुकै चुनौतीको सामना गरी सरकारले सुरु गरेको सुशासनको अभियानलाई निष्कर्षमा पु¥याई छाड्ने दृढता व्यक्त गरे ।

“सरकारले भ्रष्टाचार, अनियमितता र तस्करीका ठूला ठूला फाइलहरू खोलेर अनुसन्धान सुरु गर्दा भ्रष्ट, ठग र तस्करहरू सरकारको सुशासन अभियानलाई असफल बनाउन सक्रिय बनेर लागेका छन्”, गृहमन्त्री श्रेष्ठले भने, “तर सरकार कसैको धम्की, घुर्की र अवरोध गर्दैमा रोकिनेवाला छैन्, जसरी पनि अगाडि बढ्छ ।” सरकारले भ्रष्टाचारका फाइलहरूको छानबिन गरी निष्कर्षमा पु¥याएर दोषीलाई कानूनी दायरामा ल्याइछाड्ने उनले बताए ।

भ्रष्टाचार र अनियमितताका जालोहरूलाई टुटाउँदै नेपालमा सुशासन कायम गरी आर्थिक समृद्धिको यात्रामा जाने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो ।

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रित गरी काम अघि बढाएको उल्लेख गर्नुहुँदै उनले राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर जनताको जीवनस्तरमा नयाँ खालको परिवर्तनको अनुभूति गराउन सरकारको ध्यान केन्द्रित रहेको बताए ।

सुशासनबिना मुलुकमा आर्थिक समृद्धि हासिल गर्न नसक्ने दाबी गर्दै उनले सुशासनलाई अनिवार्य सर्त बनाई भ्रष्टाचार तथा अपराधमाथि प्रभावकारी नियन्त्रण गर्न तथा तस्करी, कालोबजारी, ठगी गर्ने अपराधीलाई कारबाही गरी सुशासन कायम गर्न अघि बढ्ेको उल्लेख गरे ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ९ : ३३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ