अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी लक्ष्य, मंगोलियासामू ३१५ रनको चुनौती | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी लक्ष्य, मंगोलियासामू ३१५ रनको चुनौती


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । 

समूह ए अन्तर्गत चीनको जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मंगोलिया सामू ३१५ रनको लक्ष्य दिएको छ । 

नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३१४ रन बनाएको छ । यो कुनै पनि राष्ट्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो । नेपाल अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ ।

यसअघि अफगानिस्तानले ३ विकेटमा बनाएको २७८ रन नै पहिलो कीर्तिमान रहेको थियो । अफगानिस्तानको रेकर्डलाई नेपालले तोडेको हो ।

यस्तै, नेपालका लागि कुशल मल्लले ३४ बलमा शतक पूरा गर्दै रेकर्ड बनाएका छन् । उनले मंगोलियाविरुद्ध ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् । 

नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको शतकीय इनिङ्स खेले । रोहित पौडेलले ६१ र दिपेन्द्र सिंह ऐरीले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे ।

मंगोलियाका इरडेनबुलगन, जमेनसुरेनअल्टनखुयागले एक–एक विकेट लिए । 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ९ : ३२ बजे

कर्णालीका दुई पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण 

जाजरकोट– कर्णाली प्रदेशका दुई जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउनका

प्यालेस्टिनी सरकारले अब्बासलाई बुझायो राजीनामा

रमल्लाह– गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक

बजेटको सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ देखि छलफल हुने

काठमाडौं– आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र

मिटरब्याज र लघुवित्त पीडितद्वारा संसद् परिसरभित्र प्रदर्शन

काठमाडौं– मिटरब्याज र लघुवित्त पीडितहरूले संघीय संसद् भवन परिसरभित्र प्रदर्शन

पुनःनिर्माणसँगै तङ्ग्रिदै बझाङ

बझाङ– भूकम्पले थिलोथिलो पारेको बझाङ जिल्ला पुनःनिर्माणको पर्खाइमा छ ।