अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी लक्ष्य, मंगोलियासामू ३१५ रनको चुनौती « Khabarhub

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी लक्ष्य, मंगोलियासामू ३१५ रनको चुनौती


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । 

समूह ए अन्तर्गत चीनको जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मंगोलिया सामू ३१५ रनको लक्ष्य दिएको छ । 

नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३१४ रन बनाएको छ । यो कुनै पनि राष्ट्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो । नेपाल अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ ।

यसअघि अफगानिस्तानले ३ विकेटमा बनाएको २७८ रन नै पहिलो कीर्तिमान रहेको थियो । अफगानिस्तानको रेकर्डलाई नेपालले तोडेको हो ।

यस्तै, नेपालका लागि कुशल मल्लले ३४ बलमा शतक पूरा गर्दै रेकर्ड बनाएका छन् । उनले मंगोलियाविरुद्ध ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् । 

नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको शतकीय इनिङ्स खेले । रोहित पौडेलले ६१ र दिपेन्द्र सिंह ऐरीले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे ।

मंगोलियाका इरडेनबुलगन, जमेनसुरेनअल्टनखुयागले एक–एक विकेट लिए । 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ९ : ३२ बजे

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२