सुदूरपश्चिममा डेङ्गुबाट तीनजनाको मृत्यु, आठ सय सङ्क्रमित | Khabarhub Khabarhub

सुदूरपश्चिममा डेङ्गुबाट तीनजनाको मृत्यु, आठ सय सङ्क्रमित


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा एक गरी तीन जनाको मृत्यु भएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारले सङ्क्रमित बिरामीको व्यवस्थापनमा सहजीकरण गर्ने, जिल्लामा रहेको स्वास्थ्य कार्यालयले सोसम्बन्धी सचेतना र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पालिकाले लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ ।

गत माघदेखि हालसम्म कैलालीमा तीन सय ७६, दार्चुलामा एक सय ९६, कञ्चनपुरमा एक सय ५९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३ र बैतडीमा नौ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गर्मी हुने क्षेत्रमा देखिँदै आएको डेङ्गुको सङ्क्रमण यसपटक सुदूरपश्चिमका पहाडी जिल्लामा समेत देखिएको छ । सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हातखुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ ।

 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ११ : १४ बजे

एएफसी च्याम्पियन्स लिग : अल नासर र इस्तिकोलको बराबरी

काठमाडौँ– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी

बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान

गोरखा– बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई

एनसेलको शेयर खरिदबिक्रीबारे लेखा समितिले आज छलफल गर्ने

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर

अराजकता हटाउन एमालेको जागरण अभियान

नेकपा (एमाले)ले यतिबेला सिङ्गो मुलुकलाई सामाजिक सद्भावका साथ राष्ट्रिय एकतामा

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

काभ्रेपलाञ्चोक– प्रहरीले काभ्रेको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित