बिग्रिएको चिज बिक्री गर्ने उत्पादक केन्द्रलाई जरिवाना  | Khabarhub Khabarhub

बिग्रिएको चिज बिक्री गर्ने उत्पादक केन्द्रलाई जरिवाना 


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

रसुवा– दुग्ध विकास संस्थानद्वारा रसुवामा सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई १० हजार जरिवाना गरिएको छ ।

चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको नेतृत्वमा रहेको बजार अनुगमन समितिले केन्द्रलाई कारबाहीस्वरूप १० हजार जरिवाना गराउँदै सचेत समेत गराएको छ ।

गोसाइँकुण्ड धार्मिक मार्गस्थित चन्दनबारी चिज उत्पादन केन्द्रको भण्डारमा सडेर राखेका चिज बजारमा बिक्री–वितरण भएको भन्ने जनगुनासो बढेपछि बजार अनुगमन समितिले केन्द्रको भण्डारमा छापा मारेको थियो ।

सरकारी स्वामित्वको चिज केन्द्रमा उपभोग गर्न नमिल्ने गरी सडेको ७५ केजीभन्दा बढी गुणस्तरहीन चिज फेला परेपछि सो चिज नष्ट गरिएको सहायक प्रजिअ एवं अनुगमन समितिका संयोजक ज्ञवालीले जानकारी दिए ।

गोसाइँकुण्डमा भक्तजनको ओहोरदोहोर भइरहने धार्मिक मार्गमा अवस्थित चिज केन्द्रबाट प्रसादका रूपमा समेत भक्तजनले चिज खरिद गर्ने भएका कारण बिग्रिएको चिज बिक्री–वितरण नगर्न स्थानीय बासिन्दाले समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १२ : ०१ बजे

दार्चुला–टिङ्कर सडक : सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला– महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट

नयाँ पोप चुनिए लियो : अमेरिकी नागरिक पोप बन्दा ट्रम्प खुशी

काठमाडौं – पोप लियो १४ औँ भनेर चिनिने नयाँ पोप

चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्छ : चीन

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति  सी

भारतसँग सेल्फ डिफेन्समा केन्द्रित पाकिस्तान

काठमाडौं – पाकिस्तानले अहिले भारतले आक्रमण गरे पनि आफूहरू सेल्फ

सुत्नुअघि अनुहारमा लगाउनुहोस् यी पाँच चीज, पाइने छ छालामा चमक

काठमाडौं– मानिसहर सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न