सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने  « Khabarhub

सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने 


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन असोज ११ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि असोज ११ गतेदेखि काठमाडौंमा दुई दिने पहिलो राष्ट्रिय सम्मेलन हुने जानकारी दिएको हो । सम्मेलनमा ७७ जिल्ला, सबै प्रदेशका जिल्ला अध्यक्ष एवं प्रतिनिधि गरी चार सय जनाको सहभागिता रहने महासङ्घका अध्यक्ष उमिद बागचन्दले जानकारी दिएका छन् ।

पहिलो दिन विभिन्न विषयमा समूह छलफल गर्ने गरी सम्मेलन गरिने छ । ‘सूचनामा आम नागरिकको पहुँच वृद्धि गर्न नागरिक समाज संस्था र सञ्चार क्षेत्रको भूमिका’, ‘अल्पसङ्ख्यक युवा, महिला र पिछडिएको वर्गको सूचनामा पहुँचको अवस्था र चुनौती’ तथा ‘सार्वजनिक निकायमा सूचनाको स्वत:  प्रकाशनको अभ्यास, सूचना व्यवस्थापन र चुनौती’ गरी तीन विषयमा समूह छलफल गरिने महासंघले जनाएको छ । 

सूचनाको हकको क्षेत्रमा क्रियाशील अभियानकर्मीहरूलाई हौसला प्रदान गर्ने र सूचनाको हक सम्बन्धी कानूनलाई मजबुद ढंगले प्रयोगका बारेमा पनि सम्मेलनमा छलफल हुने अध्यक्ष बागचन्दले बताए ।

सम्मेलनको दोस्रो दिन रणनीतिक योजना बनाउने  र महासंघको नयाँ कार्यसमिति गठन गर्दै केन्द्रीय समितिलाई पूर्णता दिने बताइएको छ । नयाँ कार्य समितिको अवधि दुई वर्षसम्म रहने व्यवस्था महासङ्घको विधानमा छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  २ : १८ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल