पर्यटन दिवस : विदेशी पर्यटकलाई नाकामा स्वागत « Khabarhub

पर्यटन दिवस : विदेशी पर्यटकलाई नाकामा स्वागत


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई नेपाली ढाका टोपी लगाएर स्वागत गर्दै आज कञ्चनपुरमा ४४औँ विश्व पर्यटन दिवस मनाइएको छ ।

गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई भीमदत्त नगरपालिका र होटेल व्यवसायी सङ्घ कञ्चनपुरले नाकामा फूलमाला तथा ढाका टोपी लगाएर स्वागत गरेको हो । दिवसका अवसरमा नगर प्रमुख पदम बोगटी र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले इजरायली नागरिक सियालविभानलाई नाकामा स्वागत गरे ।

स्वागत कार्यक्रममा नगरप्रमुख बोगटीले नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि काम गरिरहेको उल्लेख गरे । ‘यहाँका पर्यटकीय स्थलहरूको प्रचारप्रसार र विकासमा नगरपालिकाले कुनै कमी गर्ने छैन’, उनले भने, ‘यहाँको पर्यटन विकास गर्न सके आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’

होटल व्यवसायि सङ्घ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा कञ्चनपुरका  थुप्रै पर्यटकीय क्षेत्र ओझेलमा परेको बताए । ‘यो नाका विदेशी पर्यटक आउने प्रमुख नाका हो’, उनले भने, ‘यहाँका पर्यटकियस्थलहरुको प्रचारप्रसार हुन नसक्दा यहाँबाट अन्यत्र घुम्न जाने गरेका छन् ।’

अध्यागमन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकहरुको सङ्ख्या बढेको बताए । ‘अहिले विदेशी पर्यटकहरु आउने सङ्ख्या बढेको छ’, उनले भने, ‘गत वर्षभन्दा अहिले विदेशी पर्यटक आउने क्रम बढेको छ ।’ 

अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार २०२२ मा पाँच सय ४२ विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म छ सय ८५ विदेशी पर्यटक भित्रिएका छन् । सप्टेम्बरमा मात्रै एक सय ५४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  २ : ३० बजे

एमालेले ओली–लेखक पक्राउको कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्ने, तीन नेतालाई जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार