हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा « Khabarhub

हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा बुधबार सामूहिक कुमारी पूजा गरिएको छ ।

प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक वर्ष ५ सय ४ कुमारी पूजा गरिँदै आएको छ । विशेष गरेर राष्ट्र कल्याणको कामना गर्दै यो पूजा गरिने गरिन्छ । 

कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । त्यस्तै कुमारी पूजा गर्दा उनीहरु रोग आदिबाट सुरक्षित हुने जनविश्वास रहेको स्थानीयहरुको भनाई छ ।

प्रत्येक वर्ष इन्द्रजात्राको अघिल्लो दिन हुने कुमारी पूजालाई २० वर्ष भन्दा बढि समयदेखि निरन्तरता दिइएको कुमारी पूजा व्यवस्थापन समितिका संयोजक राजन महर्जनले जानकारी दिए । 

कमारीहरूलाई हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ३ : ०२ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज