निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती | Khabarhub Khabarhub

निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानडासँग जानकारी मागेको छ ।

साथै नयाँदिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनुसन्धान अघि बढाउन भारत तत्पर रहेको स्पष्ट गरेको छ । 

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका भारतका विदेशमन्त्री एस जयशंकरले मंगलबार आयोजित एक कार्यक्रममा निज्जर हत्याको सूचनामा छलफल गर्न भारत खुला रहेको बताए । 

हालै क्यानडाले निज्जर हत्यामा भारतीको हात रहेको ‘विश्वसनीय जानकारी’ आफूसँग रहेको र त्यसको अनुसन्धान गरिरहेको बताएपछि ओटावा र नयाँदिल्लीबीचको सम्बन्ध नराम्ररी चिसिएको  छ । आपसी सम्बन्धमा यति तिक्ततापूर्ण बनेको छ कि दुई देशले कूटनीतिक कर्मचारीलाई निष्कासन गर्नेदेखि भिसा नदिनेसम्मका निर्णय गरेका छन् । 

भारतले क्यानाडको विश्वसनीय सूचनालाई उक्त दाबीलाई आधारहीन भन्दै खारेज गरेको छ । भारत सरकारले क्यानडालाई हत्याको बारेमा कुनै पनि सान्दर्भिक आरोपमा  छानबिन गर्न खुला रहेको बताएको जानकारी दिँदै विदेशमन्त्री जयशंकरले  त्यसमा दिल्लीको कुनै भूमिका नभएको दोहोर्‍याए । उनले निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती पनि दिए। 

हरदीप सिंह निज्जरको गत जुन महिनामा ब्रिटिस कोलम्बियाको एउटा मन्दिर बाहिर गोली हानी हत्या भएको थियो । उनलाई सन् २०२० मा भारतले आतंकवादी घोषणा गरेको थियो । यद्यपि उनका समर्थकहरूले यसलाई अस्वीकार गर्दै आएका छन् । 

पश्चिमा देशहरूमा पृथकतावादीहरूको खालिस्तान वा छुट्टै शिख मातृभूमिको माग गर्दै विरोध प्रदर्शन गर्नेलगायत भारत विरोधी गतिविधिप्रति भारत सरकारले आपत्ति जनाउँदै आएको छ । 

सन् अस्सीको दशकमा शिख बहुल पञ्जाब राज्यमा केन्द्रित हिंसात्मक विद्रोहले खालिस्तान आन्दोलनको रूप लिएको हो । यो आन्दोलन भारतमा मत्थर भए पनि क्यानडा, अष्ट्रेलिया र बेलायत जस्ता देशका शिखले बेलाबखत भारत विराेधि गतिविधि गर्दै आएका छन् । 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ३ : ५८ बजे

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

गड्डाचौकी– सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ

शुभांशुसहित चार यात्री स्पेस स्टेशनतर्फ, ४१ वर्षपछि भारतीय नागरिक फेरि अन्तरिक्षमा

काठमाडौं- भारतीय अन्तरिक्षयात्री शुभांशु शुक्ला बुधबार एक्सियम मिसन–४ अन्तर्गत अन्तर्राष्ट्रिय

सुरक्षित र मर्यादित आप्रवासन नेपालको साझा प्रतिबद्धता : श्रममन्त्री

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सुरक्षित र

दक्षिणपश्चिम चीनमा भीषण बाढी, ८० हजारभन्दा बढी विस्थापित

एजेन्सी – चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजारभन्दा बढी मानिसलाई

सोलुदूधकुण्डमा विपद् प्रतिकार्य पोष्ट स्थापना

सोलुखुम्बु– सोलुखुम्बुमा पहिलोपटक विपद् प्रतिकार्यका लागि व्यवस्थित र रणनीतिक ‘संयुक्त