हुण्डीमार्फत कारोबार गर्ने दुई जना भारतीय नागरिक पक्राउ « Khabarhub

हुण्डीमार्फत कारोबार गर्ने दुई जना भारतीय नागरिक पक्राउ


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हुण्डीमार्फत कारोबार गर्ने दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको मोतिहारी जिल्ला मधुवन थाना घर भई हाल काठमाडौँको कुलेश्वर चुनीभैरव बस्ने २४ वर्षीय ओमप्रकाश कुमार यादव र मोतिहारीकै कल्याणपुर थाना घर भई हाल चुनीभैरव बस्ने ४४ वर्षीय राकेश राय रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चुनीभैरवबाट पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश वा निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई वित्तीय कारोबारर गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : २२ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न