नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि | Khabarhub Khabarhub

नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे स्थित दुई सय २० केभी क्षमताको नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि गरेको छ ।

कूल २२०र१३२ केभी सवस्टेसनमा जम्मा एक सय एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा थप दुई सय एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई चार्ज गरी सञ्चालनमा ल्याइएको छ । योसँगै २००र१३२ केभी सवस्टेसनको क्षमता अभिवृद्धि भई तीन सय एमभिए पुगेको छ । सरकार र प्राधिकरणको लगानीमा रामेछाप ९गज्र्याङ०–नयाँ खिम्ती प्रसारण लाइन आयोजनाअन्तर्गत सवस्टेसनको क्षमता वृद्धि गरिएको हो ।

कूल एक सय ३२ केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट दुई सय २० केभीमा बढाएर खिम्ती–ढल्केबर दुई सय २० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ । एक सय ३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सवस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो ।

तामाकोशी, खिम्ती र लिखु नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक सय ३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सवस्टेसनको क्षमताले नधान्ने अवस्था थियो । यसले गर्दा मुख्यरूपमा लिखु नदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाको विद्युत् पूर्णरूपमा प्रवाह हुन सकिरहेको थिएन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सवस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताए ।

नयाँ खिम्तीको सवस्टेसनको क्षमताले नधानेपछि लिखु करिडोरमा निर्माण भएका केही जलविद्युत् आयोजनाको विद्युत् अल्पकालीन योजनाअन्तर्गत जोड्ने व्यवस्था गरिएको थियो । कार्यकारी निर्देशक घिसिङले भने, “नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै सबै समस्या समाधान भएका छन्, पूर्वाधार अभावमा विद्युत् प्रवाह हुन नसक्ने अवस्थाको अन्त्य भएको छ, नयाँ आयोजना आउँदा पनि समस्या पर्दैन, अब भारतर्फ विद्युत् निर्यातको परिमाणसमेत बढ्ने छ ।”

तामाकोशी, खिम्ती र लिखु नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई नयाँ खिम्ती सवस्टेसनमा नयाँ पूर्वाधार बनाएर स्थानीयरूपमा आपूर्तिको पनि व्यवस्था गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए । उनले सवस्टेसनबाट विद्युत् दिन थालेपछि उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय आपूर्ति पाएको उल्लेख गरे ।

स्थानीयरूपमा आपूर्ति गरी बाँकी रहेको विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केबरतर्फ र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघु सवस्टेसनतर्फ प्रवाह गरिएको छ । दुई सय २० केभीको नयाँ खिम्ती सवस्टेसन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरेको थियो । उक्त आयोजनाले एक सय एमभिएको मात्र पावर ट्रान्सफर्मर राखेको थियो । स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको १३२र३३र११ केभीको सवस्टेसन गत असारदेखि सञ्चालित छ ।

नयाँ खिम्तीमा १३२र३३ केभीको सवस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६र७७ मा सुरु गरिएको थियो । सवस्टेसनको लागत करिब रु ८० करोड रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : २१ बजे

पाँचथर बहुमुखी क्याम्पसको अध्यक्षमा शुभराज थापा निर्वाचित

काठमाडौं । पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा नेपाली कांग्रेसका

भिजिट भिसामा कडाइ, पाँच सय बढी विमानस्थलबाट फिर्ता

काठमाडौं – पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न

कङ्कालिनी भगवती मन्दिरभित्रै वैवाहिक धर्मशाला

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर

मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आँकलन

झापा – कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी

हत्या आरोपमा तीन पक्राउ

बैतडी – पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको