चिनियाँ घरजग्गा बजारमा अझै सुधारको संकेत देखिएन, अर्थतन्त्रमा जोखिम उत्पन्न हुने चिन्ता « Khabarhub

चिनियाँ घरजग्गा बजारमा अझै सुधारको संकेत देखिएन, अर्थतन्त्रमा जोखिम उत्पन्न हुने चिन्ता


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको घरजग्गा बजारमा अझै सुधारको संकेत नदेखिँदा अर्थतन्त्रमै जोखिम उत्पन्न हुने चिन्ता बढेको छ । चीनको घरजग्गा क्षेत्रमा लगानीकर्ताको आकर्षण घट्दै जाँदा अर्थतन्त्रमै जोखिम उत्पन्न हुने चिन्ता बढेको हो ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार चिनियाँ घरजग्गा निर्माणको गति सुस्ताएको छ भने अपार्टमेन्टको मूल्य पनि घट्दो क्रममा रहेको छ । सानाठूला गरी ७० वटा सहरमा घरजग्गाको मूल्यको विश्लेषणबाट अमेरिकी बैंकिङ कम्पनी गोल्डम्यान स्याक्सले अगस्ट महिनामा चीनमा अघिल्लो वर्षको तुलनामा घरजग्गाको मूल्य २ दशमलब ९ प्रतिशतले ओरालो लागेको जनाएको छ । यसअघि जुलाई महिनामा यो २ दशमलब ६ प्रतिशतले ओरालो लागेको थियो ।

यद्यपि चीनका स्थानीय सरकारहरुले भने निर्माण व्यवसायीहरुलाई घरजग्गाको मूल्य नघटाउन दबाब दिँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

टियान्जिन शोध संस्थाका अनुसार चीनका १ सय सहरमा दुई वर्षअघि सबैभन्दा धेरै रहेको घरजग्गाको मूल्यमा औसत १४ प्रतिशतले गिरावट देखिएको छ । त्यसैगरी, घरभाडा पनि ५ प्रतिशतले घटेको बताइएको छ ।

यसबाहेक घरजग्गा व्यवसायीले ऋण चुक्ता गर्न नसक्दा चिनियाँ बैंकिङ क्षेत्रमा पनि वित्तीय दबाब थपिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १ : ५५ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने