‘पाकिस्तानी तालिबानको जोखिम बढ्यो’ « Khabarhub

‘पाकिस्तानी तालिबानको जोखिम बढ्यो’


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा सक्रिय लडाकु संगठन तहरिक ए तालिबान पाकिस्तानबाट उत्पन्न हुने सुरक्षा जोखिम बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । हालै पाकिस्तानी तालिबानले मुलुकको सुदूर उत्तरी चित्राल क्षेत्रमा आक्रमण गरेको थियो ।

अल अरेबियाका अनुसार यस क्षेत्रलाई तुलनात्मक रुपमा स्थीर मानिन्छ । सो क्षेत्रमा सन् २०११ यता लडाकु गतिविधि देखिएको थिएन । यस क्षेत्रमा गत सेप्टेम्बर ६ का दिन अफगानिस्तानबाट घुसपैठ गरेका तालिबान लडाकुले सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए ।

सुरक्षा कारवाहीपछि उनीहरु अफगानिस्तान नै फर्केको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पाकिस्तानी सेनाले घटनाबारे विस्तृत विवरण नदिएपनि सयौँको सङ्ख्यामा आएका लडाकुले सुरक्षाकर्मीमाथि आक्रमण गरेको बताइएको छ ।

अफगानिस्तानसँगको दुर्गम सीमावर्ती क्षेत्रमा पाकिस्तानी तालिबानका लडाकुहरु भेला हुने गरेको र अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले लडाकुलाई निस्तेज बनाउन असफल भएको पाकिस्तानी पक्षको भनाइ छ । भौगोलिक विकटता र सीमित क्षमताका कारण पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमालाई अझै सुरक्षित बनाउन नसकेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ०९ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन