सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर दुई बच्चालाई जन्म दिएकी सुत्केरीको बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बडीमालिका नगरपालिका–९ मार्तडीकी १८ वर्षीया ललिता नेपालीको शल्यक्रिया गरेर बच्चा निकालेपछि मुर्छा पर्ने, बेहोस हुनेलगायतका लक्षण देखा पर्ने थालेपछि अन्य अस्पतालमा रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए । सुत्केरी नेपालीको जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर दुई नवजात शिशुको निकालिएको थियो ।

अस्पताल बाजुराले रिफर गरेर जिल्लामा उपचार सम्भव नभएको प्रशासनलाई जानकारीपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

महिलाको अवस्था गम्भीर भएकाले महिला तथा बालबालिका समाज कल्याण मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

उनले सुत्केरीको ज्यान खतरामा भएकाले नेपालगञ्ज लैजाने गरी नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको बताए। मङ्गलबार नेपाली सेनाको हेलिकप्टरमा हिमाली गाउँपालिका–१ विच्छ्याकी २३ वर्षीया कल्पना रोकायाको अत्यधिक रक्तस्राव र नाल नआएर पाठेघरको मुख बन्द भएपछि उद्धार गरिएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ९ : ३९ बजे

बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख

सुनसरी– बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका

डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण उद्घाटन 

काठमाडौं– संघीय संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा