चाडपर्वमा कस्तो खाना खाने ? « Khabarhub

चाडपर्वमा कस्तो खाना खाने ?

खाना खाइसकेपछि शरीरमा आलस्य र भारीपन होइन, ऊर्जा प्राप्त हुनु आवश्यक हुन्छ


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दसैँ नेपालीको प्रमुख पर्व हो । दसैँलाई मासुको पर्वका रुपमा लिँदा पनि फरक पर्दैन । दसैँमा हरेकको घरमा मासु पाक्ने गर्छ। तर दसैँमा खाने खानमा ध्यान दिइएन भने स्वास्थ्यमा नकरात्मक असर गर्ने चिकित्सक बताउँछन् । दसैँमा हामीले कस्तो खाना खाँदा स्वस्थ हुन्छौँ ? कस्तो खानाले हामीलाई फाइदा र कस्तोले असर गर्छ ? यी र यस्तै विषयमा आधारित रहेर पोषणविद् डा. शिखर दाहालसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंश :

दसैँमा स्वास्थ्यका दृष्टिकोणले कस्तो खाना खानुपर्छ ?
दसैँ हामी हिन्दुहरूको महान् पर्व हो। यो पर्व सबै जना आफन्त साथीभाइ बसेर मिठो खाएर मनाइन्छ। हामीले रमाइलो गरेर मिठो खाने भन्दै धेरै माछा, मासु खाने र अल्कोहल सेवन गर्नु हुँदैन। दसैँको समयमा नियमित खाने खानालाई ध्यान दिएर सन्तुलित खाना खानु पर्दछ।

दसैँमा मासु खाँदा कस्तो खाने ?
दसैँ तिहार लगायतका चाडलाई विशेष पर्वका रूपमा मासु खाने भनेर पनि बुझिन्छ । दसैँमा मासु भएन भने त दसैँ नै खल्लो हुन्छ । त्यसमा हामीले सामान्य ठिक्क मात्रामा खाँदा राम्रो हुन्छ। तर, धेरै खाँदा रातो मासुले कोलेस्ट्रोल बढ्ने, युरिकएसिड लेबल बढ्ने सम्भावना हुन्छ। त्यसैले हामीले ४० देखि ६० ग्रामसम्म मासु दैनिक खाँदा हुन्छ। मासु पचाउन हामीले फलफूल पनि खानुपर्छ । मासु मात्र धेरै भयो र पानी पुगेन भने शरीरमा कब्जियत हुने समस्या हुन्छ।

बिहानदेखि बेलुकासम्म कस्तो खाना खाने ?
बिहानदेखि बेलुकासम्म प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन मिनिरल फलफूल फाइबर सबै समावेश गरेर खानुपर्छ । जसमा एक जना व्यक्तिमा १४ सयदेखि १६ सय क्यालोरीको खानु पर्दछ। दिनमा पाँचदेखि छ पटक दिन भरमा तीनदेखि चार घण्टाको फरकमा मिलाएर खाँदा हुन्छ । बिहानको खानामा हामीले दूध ब्रेडहरु राखेर खान सक्छौं.। सधैं एउटै समयमा सबै मिलाएर खाने र तीनदेखि चार घण्टाको अन्तरालमा खाने, रोटी, चनाहरू खाने र बेलुकाको खाना थोरै मिलाएर खानु पर्दछ।

दसैँ भनेर धेरै चिल्लो पिरो र अल्कोहल खाँदा धेरै समस्या देखिने गरेको छ। खानपान नमिल्दा अस्पताल पुग्नुपर्ने अवस्था हुन्छ। रमाइलो गर्दा हामीले व्यवस्थित रूपमा सन्तुलित खाना खाएर गर्न जान्नुपर्छ।

युवा, बालबालिका र वृद्धाले कसरी र कति मात्रामा खाने ?
बालबालिकाको लागि बढ्दो उमेरको लागि बढी क्यालोरी भिटामिन चाहिन्छ। वयस्कमा चाहिले सञ्चित एनर्जी पुरा हुने खाना खाने, वृद्धाहरूले दैनिक कार्यक्षमता कम हुने, उमेरको हिसाबले पनि हाई क्यालोरी भन्दा पनि माइक्रोन्युट्रेन जसले गर्दा उनीहरूको उमेरलाई सहज होस्। त्यसका लागि फलफूल, सलाद सागसब्जी खुवाउनु पर्दछ।

शाकाहारीले दसैँमा कस्तो खाना खान सकिन्छ ?
दसैँमा शाकाहारीहरूले दूध, दही, पनिर, भटमासको दालहरू खानु पर्दछ। हामीले खाँदा सन्तुलित रूपले खायो भने कुनै समस्या हुँदैन। सन्तुलित खानाले झाडापखाला लगायतका रोगहरू लाग्दैन। हामीले खाना पेट भरी भन्दा अलिकति कम खानु पर्दछ। त्यसैले प्रोटिन युक्त खाना त्यसरी नै मिलाएर खानुपर्छ।

चाडपर्वमा खानपान र अल्कोहलको सेवनले कस्तो असर गर्दछ ?
खानपान र अल्कोहलको सेवनले फुड एलर्जी हुने सम्भावना बढी हुन्छ। त्यसले गर्दा शरीरमा युरिया, कोलेस्ट्रोलको लेबल बढ्छ र मधुमेह र किड्नीमा समस्या हुन्छ।

यो दसैँलाई अझ हर्ष उल्लासको साथ मनाउन अरु के गर्न सकिन्छ ?
दसैँमा सबै जनाले परिवारसँग बसेर पर्व मनाउन सक्छौँ। परिवारसँग बस्ने बित्तिकै मासु नै खानुपर्छ भन्ने छैन। खानामा मात्र धेरै ध्यान नदिनु राम्रो हुन्छ। दसैँलाई पीडाको रुपमा भन्दा उत्सवको रुपमा मनाउनुपर्छ । हामीले दसैँमा खाने खानामा कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो, खनिज, फाइबर र पानी हुनु जरुरी छ। दसैँको खाना त्यस्तो होस् कि जसको सेवनपछि शरीरमा आलस्य र भारीपन होइन, ऊर्जा र स्फूर्ति प्राप्त होस्।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ७ : ०३ बजे

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा

आईपीएल : सर्वाधिक विकेटकर्ताको लडाइँमा भुवनेश्वरकुमार र रबडा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा भुवनेश्वर कुमार सिंह