वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन « Khabarhub

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद विमलको निधन भएको छ ।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा. विमलको गए राति जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ७९ वर्षको उमेरमा निधन भएको हो । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ ।

उनको निधनसँगै मैथिली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन् ।

डा. विमलको पार्थिव शरीर हाल जनकपुरधाम–४ देवीचोकस्थित निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । साहित्यकार, शिक्षाविद्, विद्यार्थी तथा शुभेच्छुकहरूको उपस्थिति छ ।

मैथिली विकास कोष जनकपुरधामका संस्थापक अध्यक्ष रहेका डा. विमलले मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् १९४७ जुलाई २६ मा धनुषा जिल्लाको देवडिहा गाउँस्थित खिरखिरियामा जन्मिएका डा. विमलले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका थिए भाषा विज्ञान विषयमा पिएचडी गरेका थिए ।

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा नेपाली विभागमा लामो समय अध्यापन गरेका उनी करिब चार दशकको प्राध्यापन यात्रापछि अवकाशप्राप्त भएका थिए ।

साहित्यका क्षेत्रमा अग्रणी श्रष्टा डा. विमलको पहिलो कथा ‘विपतिया’ १५ मार्च १९६३ मा मिथिला मिहिर पत्रिकामा प्रकाशित भएको थियो । त्यसयता उनी कथा, कविता, गीत, गजल, नाटक, उपन्यास, समालोचना, बालसाहित्य, अनुवाद तथा भाषा विज्ञानका क्षेत्रमा निरन्तर सक्रिय रहेका थिए ।

उनका कृतिमा ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘डा विमलका कथाहरू’, ‘सरबरिआ गाउँको कथा’ तथा ‘फिस्टी रानी’लगायतका पुस्तक प्रकाशित छन् । उनका रचना गोरखापत्र, मधुपर्क, गरिमा लगायतका प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित हुँदै आएका थिए ।

उनको कथामा आधारित ‘हंसा चलल परदेश’ नामक मैथिली टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारण समेत भएको थियो । यसले मैथिली साहित्यलाई दृश्य–श्रव्य माध्यममार्फत व्यापक पाठक र दर्शकमाझ पु¥याउन योगदान गरेको जनकपुरधामका साहित्यकार पत्रकार नित्यानन्द मण्डलले बताए ।

डा. विमल विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट पुरस्कृत र सम्मानित भएका थिए । उनी विद्यापति पुरस्कार कोषद्वारा स्थापित ‘नेपाल विद्यापति भाषा, साहित्य पुरस्कार’का पहिलो प्राप्तकर्ता थिए । यसका अतिरिक्त उनी गरिमा सम्मान, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, सिद्धी श्री पुरस्कार लगायतका सम्मानबाट विभूषित भएका थिए ।

साहित्यकार मण्डलका अनुसार उनको लेखनमा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषाप्रतिको निष्ठा, लोकजीवनको पीडा, प्रेम, वियोग, आक्रोश र विद्रोह सशक्त रूपमा अभिव्यक्त भएको पाइन्छ । नेपालभित्रको मिथिला र मिथिलावासीको सामाजिक यथार्थलाई मौलिक शैलीमा प्रस्तुत गर्नु उनको लेखनको विशेषता मानिन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ९ : ४४ बजे

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि

बालेन र रवि सत्तामा पुगेपछि भ्रमको पर्दा उघ्रियो: शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वालेन्द्र शाह र

नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा टोलीको प्रदर्शन

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद