अर्घा भगवती मन्दिरमा धार्मिक पर्यटक वृद्धि « Khabarhub

अर्घा भगवती मन्दिरमा धार्मिक पर्यटक वृद्धि


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको वृद्धि भएको छ ।

बडादसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा कोजाग्रत पूर्णिमाका दिनसम्म देवी भागवत, वेद पाठ पारायण तथा दुर्गा सप्तशती पाठ भइरहेको पण्डित केशवराज आचार्य बताउँछन् । बडादसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विशेष विधिबाट यहाँ पूजा गरिन्छ ।

कोजाग्रत पूर्णिमाका दिन सराये नाच हुने गर्छ । अर्घाको सराये नाच देशभर प्रसिद्ध छ । हालः यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ । अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा दस फिटको बेसमा, २१ फिटको मूर्ति राखिएको छ । मूर्तिसँगै सेल्फी खिच्ने पनि बढेका छन् ।

मूर्ति प्रतिस्थापनसँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ । दरबार तथा मन्दिर वरिपरि चिटिक्क पारिएको छ । लिच्छवीकालदेखि नै यस दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आइहेको मन्दिर संरक्षण समितिका अध्यक्ष सरोज भुसालको भनाइ छ ।

लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति स्थापना गरिएको हो । सन्धिखर्क नगरपालिकाका पूर्वप्रमुख कमलप्रसाद भुसालले उक्त मूर्ति स्थापनाका लागि पहल गरेका थिए ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुङ्गा र प्युठानको स्वर्गद्वारीमा आएका पर्यटकलाई अर्घा दरबारमा लैजाने उद्देश्यले मूर्ति स्थापना गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ९ : ५४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर