समाचार

एमालेको चियापान कार्यक्रम एक दिन पर सर्‍याे  

By खबरहब

October 27, 2023

काठमाडौँ– नेकपा एमालेले आयोजना गर्ने चियापान कार्यक्रम एक दिन पर सरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एमालेले आफ्नो चियापान एक दिन पर सारेको हो । उक्त चियापान कार्यक्रम १४ गतेका लागि तय गरिएको थियो ।

एमालेका कार्यालय सचिव भीष्म अधिकारीका अनुसार सो चियापान कार्यक्रम कात्तिक १५ गते हुनेछ ।