ब्लड बैंकमा रगतको अभाव हुँदा समस्या | Khabarhub Khabarhub

ब्लड बैंकमा रगतको अभाव हुँदा समस्या


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ रहेको भए पनि अहिले भक्तपुरमै रगत अभाव भएको छ । दसैँ सुरु भएदेखि नै रक्तदानलगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैंकमा समेत रगतको अभाव भएको छ । रक्तदान नहुँदा रगतको अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिए । 

उनले चाडबाडको बेलामा रक्तदानलगायत कार्यक्रम नुहँदा रगत अभाव भएको बताउँदै मागअनुसार रगत उपलब्ध गराउन नसकेको बताएका छन् । यद्यपि रगत लिन भक्तपुर आउने बिरामीका परिवारलाई रित्तो फर्कनुपर्ने अवस्था भने नआएको बताए।

सहमहामन्त्री थापाले भने, ‘यतिखेर देशव्यापी रुपमै रगतको अभाव चुलिएको छ । दसैँका कारण रक्तदान कार्यक्रम हुन सकेको छैन, भक्तपुरमा पनि रगतको अभाव छ, दैनिक ३० देखि ३५ पिन्ट रगत उपलब्ध गराउँदै आएका छौँ, तर माग भने दैनिक एक सय ५० पिन्टसम्म हुने गरेको छ, रगत लिन भक्तपुर आउनेलाई एक पिन्ट मात्रै भएपछि दिएका छौँ, रित्तो फर्कनु परेको छैन ।’

रक्तदान नहुँदा आपतकालीन अवस्थाका बिरामीका लागि रेडक्रसले रक्तदाताहरुलाई फोन गरेर बोलाउँदै रगत संकलन गरेर पठाउने गरेको थापाले बताए। भक्तपुरमा मात्रै नभई काठमाडौँ उपत्यकालगायत काभ्रेपलाञ्चोक र उपत्यकाबाहिरबाट समेत रगत लिन भक्तपुर आउने हुँदा भक्तपुरमा माग बढी देखिएको हो । उनले आफ्नो एक पिन्ट रगतले अरूको ज्यान बाँच्ने भएकाले यो पुण्य काममा रक्तदान गरेर सहयोग गर्न सबैमा आह्वान गरे ।

भक्तपुरमा रगतको माग बढेको र रक्तदान हुन छाडेपछि रक्तदाताको लिष्ट हेर्दै दातालाई बोलाएर रक्तदान गराएर संकलन गर्नु गरिरहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय पार्षद सुशील बस्नेतले जानकारी दिए। 

उनले भने, ‘दसैँको अष्टमीदेखि दशमीसम्म मेरो बसाइ नै रेडक्रस सोसाइटी भक्तपुर कार्यालयमै भयो, रगतको माग अत्यधिक भएपछि दाताको नाम हेर्दै बोलाउँदै रक्तदान गर्न लगाइयो, हिजो बिहीबार पनि मलगायत मैले भनेर भाइ, बहिनी र साथीलाई कार्यालयमै गएर रक्तदान गर्‍यौँ ।’

उनका अनुसार ठूला अस्पतालमा दसैँको समयमा ठूला शल्यक्रिया नभए पनि रक्त क्यान्सरका बिरामी, दुर्घटनाका बिरामी र डेङ्गुका बिरामीका लागि रगतको माग बढेको छ । डेङ्गुका बिरामी बढ्दै गएपछि रगतको माग पनि बढ्दै गएको हो भन्दै उनले दैनिक एक सय ५० जना रगत लिन कार्यालयमै आउने र रगत माग्दै सयौँ कल फोन आउने गरेको बताए।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १ : १३ बजे

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका

‘ज्याप ईभी’ भाडा सेवा: महिलामैत्री र हरित सवारीतर्फ महत्वपूर्ण कदम

काठमाडौं – काठमाडौंले दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदम चालेको

समाजवादउन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छः माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

ट्राफिक प्रहरीद्वारा ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र

ट्रम्पलाई भेट्न जेलेन्स्कीसँगै युरोपेली नेताको जम्बो टोली अमेरिका जाँदै, होला सम्झौता ?

काठमाडौँ– अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर