अनुदानको बीउबाट राम्रो उत्पादन नहुँदा खैरहनीका किसान चिन्तित « Khabarhub

अनुदानको बीउबाट राम्रो उत्पादन नहुँदा खैरहनीका किसान चिन्तित


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

चितवन– खैरहनी नगरपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको धानको बीउबाट राम्रो उत्पादन नभएपछि किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ७५ प्रतिशत कमी हुने देखिएपछि यस क्षेत्रका किसान चिन्तित बनेका हुन् ।

खैरहनी नगरपालिका–९ का रवीन्द्र पाठकले अहिले धानको उत्पादनले घाटा मात्रै बेहोर्नु परेको बताए। उनले भने, ‘अघिल्ला वर्षहरुमा एक कट्ठामा चार मुरीसम्म धान फलेको थियो । अहिले एक कट्ठामा एक मुरी मात्रै फलेको छ ।’

नगरपालिकाले ५० प्रतिशत अनुदानमा साँवा मन्सुली धानको बीउ उपलब्ध गराएपछि त्यही धान लगाएको जनाउँदै उनले भने, ‘यस वर्षको उत्पादनले खान त पुग्ला । जोत्ने, गोड्ने, काट्ने खेतालालाई कसरी तिर्ने ।’ आफूले तीन बिघा चार कट्ठा क्षेत्रफलमा साँवा मन्सुली धान लगाएको बताउँदै उनले आफू मात्रै नभएर अनुदानको धानको बीउ रोप्ने सबै किसान मर्कामा परेको गुनासो गरे। पालिकाले अनुदानमा दिएको धानको बीउ माटो सुहाउँदो छ-छैन भन्ने बुझेरमात्र गर्नुपर्नेमा त्यस्तो नहुँदा समस्या आएको उनले बताए। 

अघिल्ला वर्षहरूमा सावित्री धान लगाउने गरेका पाठकले अहिले धानको बीउमा परिवर्तन गरेका हुन् । यस पालिकामा अनुदानमा चार हजार दुई सय किलो धानको बीउ वितरण गरिएको थियो ।

७० हेक्टर क्षेत्रफललाई पुग्ने अनुमानका साथ बीउ वितरण गरिएको भए पनि उत्पादन आशा गरे अनुसारको नभएको कृषि शाखाका प्रमुख गौरव न्यौपानेले बताए। संघीय सरकारको बजेटमा अनुदानमा बीउ वितरण गरिएको भए पनि त्यस बीउबाट फल राम्रो लाग्न नसकेको उनले बताए। उनले भने, ‘सरकारले बनाएको डेसिसमार्फत धान खरिद गरी किसानलाई उपलब्ध गराएका हौँ ।’ यस धानमा ९० प्रतिशतमा रोग र किराको प्रकोप देखिएको उनले बताए। सित ब्लाइट, सित रट, गवारो, ब्याक्टेरियल प्यानिगल ब्लाइट (दाना डडुवा) जस्ता समस्या देखिएकाले पनि धान उत्पादनमा कमी आएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए। 

अनुदानमा दिइएको धानमा दुई सय ४५ टन उत्पादन हुने अनुमान गरिएको भए पनि २० देखि ३० प्रतिशतमात्र उत्पादन भएको उनले बताए।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  २ : ४५ बजे

इटहरी गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा

सुनसरी – मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ यहाँको इटहरीमा जारी १६औँ

आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

काठमाडौँ– आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि

आज समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सबै पार्टीका तर्फबाट संसद्‍मा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार ।