नेपाललाई पराजित गर्दै यूएईले जित्यो उपाधि | Khabarhub Khabarhub

नेपाललाई पराजित गर्दै यूएईले जित्यो उपाधि


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । शुक्रबार फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले सिरिज हात पारेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य यूएईले ६ विकेट गुमाएर १ बल अगावै पुरा गरेको थियो । कप्तान समेत रहेको ओपनर मुहमद वासिमले २२ बलमा ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए । अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए । 

बसिल हमिदले अविजित २२ रन जोड्दै यूएईलाई जितसम्म डोर्याएका हुन् । उनले अन्तिम बलमा चौका प्रहार गर्दै यूएईलाई जित दिलाएका हुन् ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ३ : ०७ बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा