महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने | Khabarhub Khabarhub

महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन् । 

जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् ।

उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्नुहुने कार्यक्रम पनि रहेको छ । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

महासचिवका साथमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दीन्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसङ्घको टोली पनि सहभागी हुनेछ । 

भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेस १ नोभेम्बरमा काठमाडौँबाट प्रस्थान गर्नेछन्।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ३ : २४ बजे

युद्धविरामको समयावधि बढाउन इजरायल र हमासबीच वार्ता

जेरुसलेम- यसअघिको युद्धविराम सम्झौताको समयसीमा सकिनै लाग्दा इजरायल र हमासले

४ महिनामा ८ करोड ५४ लाख राजस्व संकलन 

दोलखा- करदाता सेवा कार्यालय चरिकोटले चालु आर्थिक वर्षको साउन देखी

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डले गरे शिष्टाचार भेट

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिष्टाचार

सीसीटीभी प्रकरणसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले अर्थमन्त्रालयको सीसीटीभी प्रकरणसम्बन्धी रिट निवेदन दर्ता

किन मधेस झरे रवि लामिछाने ? ८ जिल्लामा कति छ शक्ति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने, स्वर्णिम