महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने « Khabarhub

महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन् । 

जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् ।

उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्नुहुने कार्यक्रम पनि रहेको छ । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

महासचिवका साथमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दीन्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसङ्घको टोली पनि सहभागी हुनेछ । 

भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेस १ नोभेम्बरमा काठमाडौँबाट प्रस्थान गर्नेछन्।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ३ : २४ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा