एभरेष्ट बैंकका संस्थापक तथा अध्यक्ष बीके श्रेष्ठको निधनप्रति सिबिफिनद्वारा दुःख व्यक्त « Khabarhub

एभरेष्ट बैंकका संस्थापक तथा अध्यक्ष बीके श्रेष्ठको निधनप्रति सिबिफिनद्वारा दुःख व्यक्त


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व एवं एभरेष्ट बैंकका संस्थापक तथा अध्यक्ष विष्णुकृष्ण (बीके) श्रेष्ठको निधनप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले दुःख व्यक्त गरेको छ ।

सिबिफिनले विज्ञप्ति जारी गर्दै गत कात्तिक ६ गते, मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९४ वर्षको उमेरमा श्रेष्ठको निधन भएको थियो । श्रेष्ठको अकल्पनीय एवं दुःखद निधनले आफूहरु स्तब्ध एवं मर्माहत भएको (सिबिफिनले जनाएको छ । श्रेष्ठको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको सिबिफिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कुशल नेतृत्व क्षमता, नवीन एवं दुरदर्शी सोचलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै आएका श्रेष्ठको निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंककोरुपमा स्थापित हुन सफल भएको भन्दै सिबिफिनले भारतको पञ्जाब नेशनल बैंकलाई ज्वाइन्ट भेञ्चरको रुपमा नेपालमा प्रथम पटक सफलपूर्वक भित्र्याएका श्रेष्ठको पहलले बैंकलाई थप उचाइँ समेत प्रदान गरेको उल्लेख गरेको छ ।

‘नेपालको बैंकिङ क्षेत्रमा उहाँले पु¥याउनुभएका अमूल्य योगदानहरुप्रति हामी खुला हृदयले उच्च सम्मान व्यक्त गर्दछौं । उहाँका युगान्तकारी कर्म र पहलहरु नेपालको बैंकिङ इतिहासमा स्वर्णिम अक्षरमा दर्ज हुनेमा हामी पूर्ण विश्वस्त छौं ।’ विज्ञप्तिमा जनाइएको छ ।

जीवनको अन्तिम समयसम्म पनि गुणस्तरीय, विश्वासिलो र सर्वसुलभ बैंकिङ सेवाको विकास एवं विस्तारमा क्रियाशिल श्रेष्ठका उदाहरणीय कार्य सबैका लागि उत्प्रेरणा र ऊर्जाको स्रोत बनिरहने सिबिफिनले विश्वास व्यक्त गरेको छ ।

‘यस दुःखद घडिमा दिवंगत आत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ, ‘अभिभावकत्व गुमाई दुःखद क्षणमा रहनुभएका परिवार, आफन्त र एभरेष्ट बैंक परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।’

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ९ : ०९ बजे

सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन : शाही 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक

यू-१९ महिला प्रिमियर कप: हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता

काठमाडौँ – एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को

संसद्‍मा उठ्यो त्रासदीपूर्ण पार्किङको विषय : एक लाख जरिवाना गर्न माग

काठमाडौं– सोमबार विभिन्न सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गरिएको सरकार संरक्षित

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

बागलुङ– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२