एभरेष्ट बैंकका संस्थापक तथा अध्यक्ष बीके श्रेष्ठको निधनप्रति सिबिफिनद्वारा दुःख व्यक्त « Khabarhub

एभरेष्ट बैंकका संस्थापक तथा अध्यक्ष बीके श्रेष्ठको निधनप्रति सिबिफिनद्वारा दुःख व्यक्त


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व एवं एभरेष्ट बैंकका संस्थापक तथा अध्यक्ष विष्णुकृष्ण (बीके) श्रेष्ठको निधनप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले दुःख व्यक्त गरेको छ ।

सिबिफिनले विज्ञप्ति जारी गर्दै गत कात्तिक ६ गते, मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९४ वर्षको उमेरमा श्रेष्ठको निधन भएको थियो । श्रेष्ठको अकल्पनीय एवं दुःखद निधनले आफूहरु स्तब्ध एवं मर्माहत भएको (सिबिफिनले जनाएको छ । श्रेष्ठको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको सिबिफिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कुशल नेतृत्व क्षमता, नवीन एवं दुरदर्शी सोचलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै आएका श्रेष्ठको निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंककोरुपमा स्थापित हुन सफल भएको भन्दै सिबिफिनले भारतको पञ्जाब नेशनल बैंकलाई ज्वाइन्ट भेञ्चरको रुपमा नेपालमा प्रथम पटक सफलपूर्वक भित्र्याएका श्रेष्ठको पहलले बैंकलाई थप उचाइँ समेत प्रदान गरेको उल्लेख गरेको छ ।

‘नेपालको बैंकिङ क्षेत्रमा उहाँले पु¥याउनुभएका अमूल्य योगदानहरुप्रति हामी खुला हृदयले उच्च सम्मान व्यक्त गर्दछौं । उहाँका युगान्तकारी कर्म र पहलहरु नेपालको बैंकिङ इतिहासमा स्वर्णिम अक्षरमा दर्ज हुनेमा हामी पूर्ण विश्वस्त छौं ।’ विज्ञप्तिमा जनाइएको छ ।

जीवनको अन्तिम समयसम्म पनि गुणस्तरीय, विश्वासिलो र सर्वसुलभ बैंकिङ सेवाको विकास एवं विस्तारमा क्रियाशिल श्रेष्ठका उदाहरणीय कार्य सबैका लागि उत्प्रेरणा र ऊर्जाको स्रोत बनिरहने सिबिफिनले विश्वास व्यक्त गरेको छ ।

‘यस दुःखद घडिमा दिवंगत आत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ, ‘अभिभावकत्व गुमाई दुःखद क्षणमा रहनुभएका परिवार, आफन्त र एभरेष्ट बैंक परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।’

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ९ : ०९ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट