कृषिको आधुनिकीकरणबाट उत्पादन वृद्धि गर्नुपर्छ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

कृषिको आधुनिकीकरणबाट उत्पादन वृद्धि गर्नुपर्छ : अध्यक्ष नेपाल


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनुपर्ने बताएका छन् ।

अखिल नेपाल किसान महासङ्घद्वारा आज आयोजित अन्तर्राष्ट्रिय जैविक पर्यावरणीय प्रयोगात्मक कृषि तालिमको उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कृषि उत्पादनमा सरकारले उपलब्ध गराउने अनुदानबाट कृषि उत्पादनको लागत घट्ने बताए ।

मुलुकमा भएका राजनीतिक आन्दोलनबाट जनताले राजनीतिक अधिकार प्राप्त गरेको भए पनि आर्थिक–सामाजिक अधिकार प्राप्त नभएको बताउँदै उनले वर्गीय शोषणको अन्त नहुँदा आर्थिक रुपान्तरण हुन नसकेको बताए । उत्पादन, रोजगारी नै समाजवादीको मुख्य आधार भएको बताउँदै अध्यक्ष नेपालले उद्यमशीलताको विकास गरी आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनमा जनतालाई जोड्नुपर्ने विचार व्यक्त गरे ।

महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले बहुर्राष्ट्रिय कम्पनीले स्थानीय बीउबिजनलाई प्रतिस्थापन गरी कृषि उत्पादनको संरचना, उद्योग कलकारखाना ध्वस्त पार्ने काम गरिहेको बताए । यस्ता कामले पुँजीवादी मोटाउँदै जाने अवस्था रहेकाले त्यसको विकल्पमा समाजवादको खाँचो रहेको बताए ।

नेपाल, भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, घाना, अर्जेन्टिना, नाइजेरिया, बेल्जियमलगायत ११ मुलुकका ३२ किसानको सहभागिता रहेको तालिम यही कात्तिक २८ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ९ : ५९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित