पाठेघरमा क्यान्सर भएको कसरी थाहा पाउने ? | Khabarhub Khabarhub

पाठेघरमा क्यान्सर भएको कसरी थाहा पाउने ?

पाठेघरको मुखको क्यान्सर र बच्ने उपाय


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

विशेषगरी छातीको क्यान्सरपछि विश्वमा सबैभन्दा बढी महिला पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन्। महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सरलाई समयमै पहिचान गरेर उपचार गरेमा यो रोग निदान गर्न सकिन्छ। पाठेघरको मुखको क्यान्सरलाई समयमा उपचार गरिएन भने निकै खतरनाक मान्ने गरिन्छ। यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ। यसले शरीरका भित्री अंगमा नराम्ररी प्रभावित बनाउँछ। के हो पाठेघरको मुखको क्यान्सर ?, क्यान्सर भएको कसरी थाहा पाउने ?, के कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ ? यसबाट बच्ने उपायहरू के के हुन् ? यिनै विषयमा आधारित रहेर खबरहबका लागि क्यान्सर रोग विशेषज्ञ डा. आविश अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ। पाठेघरमा भएका असामान्य कोष अनियन्त्रित रूपमा वृद्धि हुँदा पाठेघरको क्यान्सर हुन्छ।

पाठेघरको मुखको क्यान्सर भनेको के हो ?
सामान्य भाषामा पाठेघरको मुखमा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भन्ने गरिन्छ। पछिल्लो समय नेपालमा पाठेघरको मुखको क्यान्सर दिन प्रतिदिन बढ्दै गएको छ। संसारमा पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै नेपालमा भएको देखिएको छ। बङ्गलादेश र भारतमा भन्दा पनि जनसंख्याको आधारमा नेपालमा यो क्यान्सर धेरै भएको देखिन्छ। ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ। पाठेघरमा भएका असामान्य कोष अनियन्त्रित रूपमा वृद्धि हुँदा पाठेघरको क्यान्सर हुन्छ।

के कारणले हुन्छ यो क्यान्सर ?
ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण भएको १० देखि २० वर्षपछि क्यान्सर हुने हो। पाठेघरको मुखको क्यान्सर हुने पहिलो कारण ह्युमन प्यापिलोमा नामक भाइरसको संक्रमण हो । यसका अन्य कारण पनि छन्। जसमा एकभन्दा बढी व्यक्तिसँग यौन सम्पर्क गर्नु वा कम उमेरमा विवाह तथा यौन सम्पर्क गर्नु पनि हुन्। कम उमेरमा बच्चा जन्माउनु वा धेरै बच्चा जन्माउनु, चुरोट, बिडी, खैनी, तमाखु र सूर्तीजन्य पदार्थको सेवन गर्नु, गुप्तांगको सरसफाइमा ध्यान नदिँदा पनि पाठेघरको मुखको क्यान्सर बढी हुन्छ।

पाठेघरको मुखको क्यान्सर हुने पहिलो कारण ह्युमन प्यापिलोमा नामक भाइरसको संक्रमण हो । एकभन्दा बढी व्यक्तिसँग यौन सम्पर्क गर्नु वा कम उमेरमा विवाह तथा यौन सम्पर्क गर्नु पनि यसका अन्य कारण हुन् ।

पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने ?
पाठेघरको मुखको क्यान्सरका लक्षण व्यक्ति अनुसार फरक हुनसक्छ। कसैलाई सुरुमा नै लक्षण पनि नदेखिने हुनसक्छ। यसको लक्षणका रूपमा महिनावारी नभई पनि बीचमा रगत देखिने, यौन सम्पर्क गर्दा रगत देखिने, महिनावारी बन्द भइसकेका महिलामा फेरि रगत देखा पर्ने, सेतो र गन्हाउने पानी आउने, तल्लो पेट दुख्ने, ढाड कम्मर दुख्ने, बढी थकाई लाग्ने, लामो समयसम्म खोकी निको नहुने र तौल घट्दै जानेलगायत लक्षणहरू देखा परेमा पहिला एमआरआई सिटी स्क्यान गरेर थाहा पाउन सकिन्छ।

कतिलाई त कुनै पनि लक्षण नदेखिने हुन्छ। त्यसैले हरेक विवाहित महिलाले वा यौन सम्पर्कमा रहने २०, २५ वर्ष माथिका महिलाले स्त्रीरोग विशेषज्ञलाई देखाउने वा पाठेघरको मुखको पानी जँचाउने (मेडिकल भाषामा प्याप् जाँच) गर्नुपर्छ। कम्तीमा पनि एक पटक देखाउने र राम्रो रिपोर्ट आएको छ भने तीन तीन वर्षमा जाँच गराउन सकिन्छ।

पाठेघरको क्यान्सर रोकथामका लागि के गर्ने ?
पाठेघरको क्यान्सर रोकथामका लागि आफ्नो शरीरमा कुनै सङ्क्रमण देखिएको छ भने तुरुन्त उपचार गराउने, ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन ३० वर्ष सम्मकोले लगाउने गर्नुपर्छ। त्यो भ्याक्सिनले प्यापिलोमा भाइरसलाई नष्ट गर्दछ। स्क्लीनिङ टेस्ट गर्दा ३० वर्ष कटेपछि सबै महिलाले डाक्टरलाई मेरो पाठेघरको मुखको पानी जाँच गरिइदिनुहोस् भनेर जाँच गर्नुपर्छ। नियमित रूपमा व्यायाम गर्ने, स्वस्थ खाना खाने विशेष गरी प्राकृतिक भोजन खाने, असुरक्षित यौन सम्पर्क नराख्ने २० वर्षभन्दा कम उमेरमा विवाह नगर्ने, जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब क्यान्सर हुन्छ।

पहिलो पटक यौन सम्पर्क भएका महिलाले स्त्रीरोग विशेषज्ञलाई देखाउने वा पाठेघरको मुखको पानी जँचाउने गर्नुपर्छ। पहिलो पटकको रिपोर्ट राम्रो आएको छ भने तीन तीन वर्षमा जाँच गर्नुपर्छ ।

डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्त्व हो। यद्यपि, यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार सम्भव हुन्छ। त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको सङ्केत गर्छ। यदि त्यस्तो सङ्केत देखा परेमा सचेत रहनुपर्छ। चिकित्सकीय परामर्श लिनुपर्छ। भीआइए अर्थात् प्याप स्मेयर टेस्ट गरेर पनि क्यान्सर भए नभएको पत्ता लगाउन सकिन्छ। एक पटक मात्रै यौन सम्पर्क भएका ३० देखि ६० वर्षसम्मका सबै महिलामा केही स्वास्थ्य समस्या नभए पनि पाठेघरको परीक्षण गराउनुपर्छ।

भिआईए परीक्षणका फाइदा के छन् ?
भिआईए परीक्षण गर्दा शरीरमा कुनै नकारात्मक असर पर्दैन र पाठेघरको मुखको क्यान्सर हुनुभन्दा करीब १० वर्ष अगाडि नै अवस्था थाहा पाउन सकिन्छ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ०३ बजे

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर