रास्वपाको केन्द्रीय समिति बैठक आजदेखि जलेश्वरमा « Khabarhub

रास्वपाको केन्द्रीय समिति बैठक आजदेखि जलेश्वरमा


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ ।

महोत्तरीको जलेश्वरमा बुधबारसम्म बस्ने केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकमा सातवटै प्रदेशका सभापतिहरुसमेत सहभागी हुनेछन् ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

त्यस्तै सांसदहरू र संसदीय कार्य समीक्षा, महाधिवेशनको विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप तथा पार्टीले अवलम्बन गर्ने नीतिका बारेमा छलफल हुने रास्वपाले जनाएको छ ।

यसअघि कात्तिक २२ र २३ गतेका लागि राखिएको बैठक जाजरकोटमा भूकम्प गएर जनधनको क्षति भएपछि स्थगित भएको थियो ।

रास्वपाले यही मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गरेको थियो । आमनिर्वाचन भएको एकवर्ष भएको अवसरमा रास्वपाका सांसद तथा उम्मेदवारहरूले घरदैलो कार्यक्रम गरेका थिए । 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ०७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका