एचआईभी सङ्क्रमितले शल्यक्रियामार्फत् शिशु जन्माइन् « Khabarhub

एचआईभी सङ्क्रमितले शल्यक्रियामार्फत् शिशु जन्माइन्


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

गलकोट- बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक एचआईभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छिन् । आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ । शिशुको तौल तीन हजार पाँच सय २५ ग्राम रहेको अस्पतालको भनाइ छ ।

शिशुका आमा बुबा दुबै एचआइभी सङ्क्रमित भइ एआरटी औषधि सेवन गरिरहेकी छिन् । यसअघि बागलुङका एचआईभी सङ्क्रमित गर्भवतीलाई पोखराको गण्डकी अस्पताल अथवा टेकु अस्पताल पठाउने गरिएको थियो । एआरटी सेन्टरका प्रमुख प्रदीप आचार्यले अस्पतालमा एचआईभी सङ्क्रमितको उपचार र परामर्श दिँदै आइएको बताए । स्वास्थ्य परीक्षणका क्रममा गर्भमा रहेको शिशुको धड्कन बढी भएपछि शल्यक्रिया गरिएको धौलागिरि अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा विजय ओझाले जानकारी दिए । शल्यक्रियामार्फत जन्मिएको शिशुको स्वास्थ्य सामान्य रहेको र एचआईभी सङ्क्रमण नहोस् भनेर तुरुन्तै औषधि समेत चलाउन थालिएको ओझाको भनाइ छ ।

“सङ्क्रमित महिलाले नियमित एचआईभी सङ्क्रमितको औषधि खाँदै आएकी थिइन्, औषधि सेवनले सङ्क्रमितको ‘भाइरल लोड’ कम हुन्छ”, ओझाले भने “सङ्क्रमित महिलाले बच्चा जन्माउने प्रक्रिया त फरक भएन, तर चिकित्सक तथा स्वास्थ्यकर्मी केही सजग रहनुपर्ने हुन्छ ।” सङ्क्रमित आमाबाटसमेत स्वस्थ बच्चा जन्मिने भएकाले एचआईभी सर्ने सम्भावना अत्यन्तै न्यून रहेपनि उपचार र हेरचाह भने गर्न आवश्यक हुन्छ ।

जिल्लामा अझै दुई जना एचआईभी सङ्क्रमित गर्भवती रहेको एआरटी सेन्टरका प्रमुख आचार्यले बताए । विशेषज्ञ सेवाबाट विशिष्टिकृत सेवा प्रदान गर्न थालेको धौलागिरि अस्पतालमा पछिल्लो समय ठूला उपकरण र प्रविधिसमेत भित्राइँदै आएको छ । धौलागिरि अस्पतालमा हालै मात्र रु १० करोडको सिटिस्क्यान उपकरण भित्र्याएर सेवा दिन थालिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  २ : ०७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील